कलेजो र मिर्गौला प्रत्यारोपण एकै पटक
ललितपुरस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले एउटै व्यक्तिको कलेजो र मिर्गौला एकै पटक प्रत्यारोपण गरेको छ । सोमबारबाट सुरु गरिएको प्रत्यारोपण मङ्गलबार बिहान सम्पन्न भएको छ । अस्पतालका मेडिकल निर्देशक सुरज बज्राचार्यले १८ घण्टाभन्दा बढी समय लगाएर एकै व्यक्तिमा मिर्गौला र कलेजो प्रत्यारोपण गरिएको जानकारी दिनुभयो । उहाँले नेपालमा यो शल्यक्रिया इतिहासमै पहिलो पटक र दुर्लभ भएको दाबी गर्नुभयो ।
एआइजी ज्ञवालीद्वारा अस्पतालको अनुगमन
प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले नेपालगञ्जमा रहेको प्रहरीको लुम्बिनी प्रदेश प्रहरी अस्पतालको अनुगमन गर्नुभएको छ ।
विश्व दृष्टि दिवस मनाइँदै
तिलगङ्गा आँखा प्रतिष्ठानको आयोजनामा असोज २५ गते चेतनामूलक कार्यक्रमसहित विश्व दृष्टि दिवस मनाइने भएको छ ।
मानसिक स्वास्थ्य सम्बन्धी पुस्तक अन्तर्मनका रङ्गहरू सार्वजनिक
मनोपरामर्शविद् तथा साहित्यकार खिमा रिजालको अन्तर्मनका रङ्गहरू सार्वजनिक भएको छ ।
मानसिक स्वास्थ्योपचार सर्वसुलभ बनाउन माग
राष्ट्रिय मानवअधिकार आयोगले मानसिक स्वास्थ्योपचार सर्वसुलभ बनाउन माग गरेको छ । मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सञ्चालनका साथै यससम्बन्धी उपचार सर्वसुलभ बनाउन आयोगले सबैलाई आग्रह गरेको हो ।
डेङ्गी सङ्क्रमण नियन्त्रणमा
डेङ्गी भाइरसको सङ्क्रमण कम हुँदै गएको छ । अङ्ग्रेजी महिनामा अगस्त (साउन १६ देखि भदौ १४ गतेसम्म) मा बढेको डेङ्गु सङ्क्रमण सेप्टेम्बर महिना (भदौ १५ देखि असोज १३ गतेसम्म) मा घटेको पाइएको हो ।
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न अठोट लिएको छु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई छिट्टै समाधान गर्ने अठोट व्यक्त गर्नुभएको छ ।
तलब खुवाउन नसकेपछि वीरमा कार्यरत कर्मचारी हटाएका हौँ : स्वास्थ्य मन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा करारमा कार्यरत कर्मचारीलाई तलब खुवाउन नसकेपछि हटाइएको बताउनुभएको छ ।
सुदूरपश्चिममा स्क्रब टाइफसका एक हजार बढी बिरामी
सुदूरपश्चिम प्रदेशमा भदौ र असोजमा एक हजार एक सय ५२ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार सबैभन्दा बढी कैलालीमा चार सय ४० जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् ।
मानसिक रोग अन्य रोग जस्तै हो, भेदभाव नगरौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानसिक बिरामीलाई मर्यादित र सम्मानजनक वातावरण निर्माण गर्न आवश्यक भएको बताउनुभएको छ ।
मानसिक स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्याउनु आवश्यक : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मानसिक स्वास्थ्य समस्या भएकै कारण अब कुनै पनि व्यक्ति मानव अधिकारबाट वञ्चित नहुने बताउनुभएको छ ।
गर्भवती महिलाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार
गोरखाको चुमनुब्री गाउँपालिकाका एक गर्भवती महिलाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै
विश्व मानसिक स्वास्थ्य दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको अक्टोबर १० मा यो दिवस यस वर्ष मानिस र समुदायका लागि ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिमूलक कार्यक्रम गरी मनाइँदै छ ।
निःशुल्क रगत उपलब्ध गराउन सम्झौता
काठमाडौँ महानगरपालिका र नेपाल रेडक्रस सोसाइटीबिच निःशुल्क रगत र रक्त तत्त्व उपलब्ध गराउन सम्झौता भएको छ ।
जोखिम न्यूनीकरणमा पूर्वतयारी आवश्यक
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले प्राकृतिक विपत्तिमा हुने जोखिम न्यूनीकरणका लागि स्वास्थ्य आपत्कालीन पूर्वतयारी हुनुपर्ने बताउनुभएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनको संयुक्त आयोजनामा काठमाडौँमा आइतबारदेखि सुरु भएको स्वास्थ्य आपत्कालीन तयारी बलियो बनाउन स्वास्थ्यसँग नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त पहलसम्बन्धी दुईदिने कार्यशालामा मन्त्री बस्नेतले जोखिम न्यूनीकरणमा पूर्वतयारी हुनुपर्ने बताउनुभयो । नेपाल प्राकृतिक प्रकोपको सधैँ जोखिममा रहेकाले यसबाट हुने धनजनको क्षति कम गर्न समयमा घाइतेको स्वास्थ्योपचार गर्न स्वास्थ्यका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नागरिक समाज र दातृनिकायको पनि उत्तिकै भूमिका हुनेमा मन्त्री बस्नेतले जोड दिनुभयो।
स्वास्थ्यकर्मी हटाइएपछि सेवा प्रभावित
वीर अस्पताल प्रशासनले आइतबारदेखि कोभिड–१९ महामारीका समयमा करार सेवामा राखिएका नर्सलगायत २७६ जना स्वास्थ्यकर्मी हटाएपछि अस्पतालले दिँदै आएको सम्पूर्ण सेवा प्र्रभावित भएको छ । आइतबार तय गरिएका शल्यक्रिया भएनन्। वीर अस्पताल प्रशासनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड महामारीका बेला राखिएका कर्मचारीलाई तलब भत्ताका लागि बजेट अभाव रहेकाले करार अवधि नथप्न निर्देशन दिएपछि बाध्य भएर हटाएको जानकारी दिएको छ । वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई निष्कासन गरेसँगै सम्पूर्ण सेवा प्रभावित बन्न पुगेको जानकारी दिनुभयो । “उनीहरूलाई हटाउने चाहना होइन तर मन्त्रालयले तलब खुवाउने रकम नभएको र देश आर्थिक मन्दीमा भएकाले हटाउनु परेको हो,” उहाँले भन्नुभयो ।
पलाँतामा ७७ जना आँखाका बिरामीको शल्यक्रिया
कालीकोट जिल्लाको पलाँता गाउँपालिकामा ७७ जना आँखाका बिरामीको शल्यक्रिया गरिएको छ । गाउँपालिकाको समन्वयमा चलेको आँखा शिबिरमा मोतीबिन्दु भएका ७७ जना आँखाका बिरामीको शल्यक्रिया भएको हो ।
ज्येष्ठ नागरिकको निःशुल्क आँखा उपचार
चालु आर्थिक वर्षमा मल्लरानी गाउँपालिकाले पालिका भित्रका ज्येष्ठ नागरिकलाई आँखाको उपचारको व्यवस्था गरेको छ ।
आपत्कालीन जनस्वास्थ्यको पूर्वतयारी प्रभावकारी बनाइनुपर्छ : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले आपत्कालीन जनस्वास्थ्यको पूर्व तयारीका लागि सरोकारवाला निकायबिचको समन्वय र सहकार्यलाई प्रभावकारी बनाइनुपर्ने बताउनुभएको छ ।
पर्सामा ४४५ को आँखा परीक्षण : १५८ जनामा मोतियाबिन्दु
पर्सा जिल्लाको संखुवापर्सौनी गाउँपालिका–२ श्रीपुरमा ४४५ जनाको आँखा परीक्षण गर्दा १५८ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ ।
वीर अस्पतालका करार स्वास्थ्यकर्मीलाई हटाउने निर्णय फिर्ता लिनुपर्छ : सांसद भट्टराई
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद विद्या भट्टराईले करारमा कार्यरत वीर अस्पतालका २३० जना स्वास्थ्यकर्मीलाई हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाउनुभएको छ ।
शिशुको मृत्यु प्रकरण: चिकित्सकसँग ४८ घण्टे स्पष्टीकरण
ओखलढुङ्गा सामुदायिक अस्पताल (मिसन)मा उपचारको क्रममा ५३ दिने शिशुको ज्यान गएपछि शनिवार दिनभर अस्पतालमा तनाव उत्पन्न भयो । शिशुका आफन्तले अस्पताल र चिकित्सकको लापरबाहीले ज्यान गएको बताउँदै विरोध जनाए । आफन्तले शिशुको शव बुझ्न अस्वीकार गरे ।
अस्पतालमा चिकित्सक दरबन्दी छ, पद पूर्ति छैन
दोलखाको सदरमुकाम चरिकोट स्थितको पशुपति चौलागाईँ स्मृति अस्पतालमा दरबन्दी करिब सय भए पनि पदपूर्ति नहुँदा स्वास्थ्य सेवामा असर परेको छ ।
अस्पतालको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै शव बुझ्न अस्वीकार
शेरबहादुर राई ओखलढुङ्गा, असोज २० गते । अस्पतालको लापरबाहीले शिशुको ज्यान गएको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । ओखलढुङ्गा सामुदायिक अस्तपालको उपचारत शिशुको अस्पतालको लापरबाहीका कारण ज्यान गएको जनाउदै आफन्तले शिशुको शव बुझ्न अस्वीकार गरेका हुन् । सिद्धिचरण नगरपालिका–५ का डोम प्रसाद दाहालकी ५३ दिनकी छोरी रियाना दाहालको उपचारका क्रममा शुक्रबार राती ९ः४५ बजे ज्यान गएको थियो । अस्पतालको लापरबाहीका कारण शिशुको ज्यान गएको भन्दै आफन्तले विरोध जनाएका छन् । पिसाब रोकिएर सिकिस्त विरामी भएपछि शुक्रबार आफन्तले बालिकालाई ओखलढुङ्गा सामुदायिक अस्पतालको इमर्जेन्सी कक्षमा पु¥याएका थिए । शिशुलाई सामान्य चेकजाँच पनि नगरीे चिकित्सकले बहिरंग विभाग तर्फ पठाएको बुबा डोम प्रसाद दाहालले बताउनुभयो । बहिरंग विभागमा लामो समय सम्म लाइनमा बसेर बच्चाको चेक जाँच गर्दा विभागका चिकित्सकले पुनः इमर्जेन्सी कक्षमै राखेर उपचार गर्न भनेपछि इमर्जेन्सी कक्षमा लगिएको दाहालले बताउनुभयो । ‘इमर्जेन्सी कक्षमा पु¥याउदा बच्चाको स्वासप्रस्वासमा गम्भिर समस्या भईसकेको थियो’ दाहालका आफन्त देबकुमार दाहालले बताउनुभयो । बालिकालाई उपचारका लागि समयमै अस्पताल ल्याइएको भएपनि अस्पतालको लापरबाहीका कारण ज्यान गएको दाहालको भनाई छ । मृतकका आफन्तले अस्पतालको निर्देशकले तुरुन्तै राजीनामा दिनुपर्ने, इमर्जेन्सी कक्षमा कार्यरत चिकित्सकहरुमाथि छानविन गरी आवश्यक कारबाही गर्नुपर्ने लगायतका माग राख्दै विरोध जनाएका छन् । अस्पतालका निर्देशक डा. रोशन खरेलले यस बिषयमा प्रशासनमा छलफल भइरहेको र छानबिनको तयारी भइरहेको बताउनुभयो । अस्पताल प्रशासन, मृतक शिशुका आफन्त, प्रहरी र सरोकारवालाहरुबीच छलफल भईरहेको डा.खरेलको जानकारी दिनुभयो।