• १३ मंसिर २०८१, बिहिबार

अस्पतालमा चिकित्सक दरबन्दी छ, पद पूर्ति छैन

blog

सदरमुकाम चरिकोटस्थित पशुपति चौलागाईँ अस्पताल । तस्बिर: गाेरखापत्र

दोलखा,  असोज २१ गते । दोलखाको सदरमुकाम चरिकोट स्थितको पशुपति चौलागाईँ स्मृति अस्पतालमा दरबन्दी करिब सय भए पनि पदपूर्ति नहुँदा स्वास्थ्य सेवामा असर परेको छ । विशेषज्ञसहितको अस्पतालमा ८७ वटा दरबन्दी भए तापनि १३ जना चिकित्सक नहुँदा स्वास्थ्य सेवामा असर परेको अस्पताल प्रमुख ज्ञानेश्वर श्रेष्ठले जानकारी दिनु भयो । 

बागमती प्रदेशको अस्थायी दरबन्दी ३३ मध्ये पाँच विशेषज्ञमा एक जना र २० जना चिकित्सक मात्र कार्यरत छन् । प्राथमिक सेवा केन्द्रका स्थायी ११ मध्ये एक जना विशेषज्ञ छन् । छात्रवृत्ति करारका नौ जनामध्ये एक जना विशेषज्ञ चिकित्सक छन् । 

५० शय्याको अस्पतालमा समितिका ३० र एनआइसी साइमन्ड इन्स्टिच्युटबाट चार जना चिकित्सक कार्यरत अस्पताल प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । एक सय शय्या रहेको अस्पतालबाट चालु वर्षको दुई महिनामा पाँच हजारभन्दा बढीले स्वास्थ्य सेवा पाएका छन् । साउन महिनामा बहिरङ्गबाट दुई हजार ३०५ र आकस्मिक सेवाबाट २८० भदौ महिनामा बहिरङ्गबाट दुई हजार ११४ र आकस्मिक सेवाबाट ४०५ जनाले सेवा पाएका छन् । 

गत वष बहिरङ्गबाट विभिन्न रोगका २१ हजार पाँच जनाले सेवा लिनुभएको छ ।  आकस्मिक सेवा चार हजार ५२७,भर्ना भएर एक हजार ९०१,पाठेघरको शल्यक्रिया १४, एक द्वार सङ्कट व्यवस्थापनबाट ९०, जटिल शल्यक्रिया १९०, सामान्य शल्यक्रिया ९३, एकसरे सेवा चार हजार ५४२, खोप सेवा एक हजार  ४२३ र शल्यक्रियाबाट बच्चा जन्मेका १९३ वटा छन् । 

त्यस्तै विशिष्टीकृत सेवा कार्यक्रम अन्तर्गत हाड जोर्नी ४४०, मुटु रोग सम्बन्धी १२०, मानसिक रोग १५० र इन्डोक्राइन १४३ सेवा प्रवाह गरिएको छ । जनशक्ति करारका २३, व्यवस्थापन समितिबाट २३, कार्यक्रमबाट चार र स्थायी १० जना रहेका छन् । अस्पतालको आम्दानी नरहेकाले व्यवस्थापनमा चुनौती रहेको उहाँले बताउनुभयो । 

Author

बाबुराम शर्मा