राम्रा रणनीति र कार्ययोजना मन्त्री फेरिएपछि पनि कार्यान्वयन गरिनुपर्छ : मन्त्री बस्नेत
यहाँ आज ‘मेरो पोषण साथी मोबाइल एप’का साथै डिजिटल पुस्तकालय र स्रोत केन्द्रको शुभारम्भ गर्नुहुँदै उहाँले राम्रा रणनीति र कार्ययोजना त्यसै थन्क्याउने र अलपत्र पार्ने परिपाटी बन्द गर्नुपर्ने बताउनुभयो । यस्तो गर्दा सरकारको ठूलो लगानी खेर जाने र नागरिकले प्रतिफल पनि नपाउने हुँदा समस्या निम्तिने मन्त्री बस्नजेतको भनाइ थियो ।
क्षमताभन्दा बढी शय्याबाट सेवा दिँदै जिल्ला अस्पताल मुगु
स्वास्थ्य सेवा कार्यालय मुगुमा शय्या क्षमताभन्दा बढी सेवा प्रवाह भइरहेको छ ।
आइटी क्षेत्रमा उल्लेख्य सुधार नगरी देशको विकास सम्भव छैन: मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आइटी क्षेत्रमा उल्लेख्य सुधार नगरीकन देशको विकास निर्माण र उन्नति हुन नसक्ने बताउनुभएको छ ।
बागमतीमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या चार पुग्यो
बागमती प्रदेशमा ४ जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ । ललितपुरमा दुई जना र धादिङ,मकवानपुरका एक÷एक जनाको डेंगु सङ्क्रमणको कारण मृत्यु भएको छ ।
दार्चुलाको ब्यासमा डेङ्गु सार्ने लामखुट्टे फेला
राईका जिल्लामा बढी हुने डेङ्गु सङ्क्रमण पछिल्लो समय पहाड र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ । तराईबाट लामखुट्टे पहाड उक्लिएकाले ती क्षेत्रमा पनि जोखिम बढ्दै गएको छ ।
बिस वर्ष नपुग्दै ६३ जना अविवाहित युवतीबाट गर्भपतन
२० वर्ष उमेर पुगेपछि बिहेवारि गर्ने कानुनमा लेखिएको छ, तर यहाँ बिहे गर्ने उमेर पहिल्यै सुरक्षित गर्भपतन गर्नेको सङ्ख्या उल्लेख्य रहेको छ ।
‘तिलगंगा आइसिटी सेन्टर: तिलगंगाको सेवा देशभर विस्तार हुने
तिलगंगाल आँखा अस्पतालले सार्वजनिक निजी साझेदारी (पीपीपी)मोडलमा पहिलो पटक आफ्नो आफ्नो सेवा विस्तार गरेको छ । तिलगंगाल आँखा अस्पतालले एबी आईकेयरसँगको सहकार्यमा ‘तिलगंगा सिटी आइ सेन्टर’ संचालनमा ल्याएको हो ।
अस्थायी ‘टहरो’ मा अस्पताल, सेवा प्रवाहमा समस्या
जिल्ला अस्पतालको भवन निर्माणमा ढिलाइ हुँदा स्वास्थ्य सेवा कार्यालय कालीकोट अहिले अस्थायी टहरोबाट काम चलाइरहेको छ । पुरानो भवन भत्काइएको भए पनि नयाँ भवन निर्माण थालेको ६ वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन । जसले गर्दा अस्पतालको सेवा प्रवाहमा समस्या भएको छ ।
एचआइभी सङ्क्रमित हुनेको सङ्ख्यामा वृद्धि
पछिल्लो समय कालीकोटमा एचआइभी सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गइरहेको छ । कर्णाली प्लस कालीकोटले आयोजना गरेको सरोकारवाला बीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै एआरटि काउन्सिलर ईश्वर शाहीका अनुसार २०६५ सालदेखि एचआइभी सम्बन्धी काम गर्दै आइरहेको कर्णाली प्लस २०८० सम्मको तथ्याङ्क अनुसार कालीकोटमा ६५ जनाले एआरटि सेवा लिइरहेका छन् ।