आँखा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा आँखा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण आयोजना गरिएको छ । हाल देशभर आँखा पाक्ने रोगले नागरिकलाई सताइरहेका बेला मैवाखोला गाउँपालिकाका जनप्रतिनिधि लगायतको सहभागितामा अभिमुखीकरण आयोजना गरिएको हो ।
अस्पतालमा स्वास्थ्य सेवा लिनेको सङ्ख्यामा बढोत्तरी
जिल्लाको सरकारी अस्पताल गोरखा अस्पतालमा स्वास्थ्य सेवा लिने सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएको छ । अस्पतालले दिने स्वास्थ्य सेवामा क्रमिक सुधार हुँदा स्वास्थ्य सेवा लिनेको सङ्ख्या वृद्धि भएको हो ।
'मानसिक समस्याबारे खुलेर संवाद गरेमा आत्महत्या रोक्न सकिन्छ’
पछिल्लो समय आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको छ। विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आयोजक कार्यक्रममा मनोरोग चिकित्सक डा. वासुदेव कार्कीले पछिल्लो समय आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको जानकारी दिनुभयो।
प्रदेश आयुर्वेद अस्पतालमा जनशक्ति र पूर्वाधारको अभाव
प्रदेशस्तरको औषधालय भएपनि दरबन्दीअनुसार कर्मचारी तथा चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको हो ।
भेरी अस्पतालमा 'हिस्टो प्याथोलोजी' सेवा
उहाँले यसका लागि क्यान्सर रोग जाँच गर्न आवश्यक पर्ने मेसिन ल्याउने प्रक्रिया सकिएको बताउनुभयो ।
त्रियुगा नगरपालिकाको निःशुल्क एम्बुलेन्स सेवा
उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रभित्रका असहाय,ज्येष्ठ नागरिक र सुत्केरी महिलाहरुलाई नगरपालिकाले शनिबारदेखि निःशुल्क एम्बुलेन्स सेवा दिन सुरु गरेको छ ।
बालिका मृत्यु प्रकरणका दोषीमाथि कारबाही हुन्छ : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा एक बालिका मृत्यु प्रकरणमा जानाजान कसैले गल्ती गरेको भए दोषीमाथि कारबाही हुने स्पष्ट पार्नुभएको छ ।
पाठेघरको क्यान्सरविरुद्धको खोप भदौ २७ देखि
सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान परीक्षण परियोजनाका रूपमा सुरु गर्ने भएको छ । भदौ २७ गतेदेखि देशका सातै प्रदेशका ठुला सरकारी अस्पतालबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप प्रदान गरिने छ । चीनबाट दुई महिनाअघि २० हजार भाइल खोप ल्याइएको थियो । सात वटा अस्पतालमा १४ वर्षका किशोरीलाई ती खोप उपलब्ध गराइने छ । परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालले एचपिभी खोप २०६५ भदौ २० देखि २०६६ भदौ २० गतेसम्म जन्मेका किशोरीका लागि दिइने जानकारी दिनुभयो ।
बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
बाँके जिल्लामा फेरि भाइरल ज्वरोका बिरामी बढेका छन्। केही दिनयता समय समयमा भइरहेको वर्षा र गर्मीका कारण जिल्लामा भाइरल फ्लु अर्थात् ज्वरो, रुघाखोकी, निमोनिया र झाडापखालाका बिरामीको सङ्ख्या बढेको विभिन्न अस्पतालले जनाएका छन्।