• १२ मंसिर २०८१, बुधबार

बिरामीको गुनासो सुन्न स्वास्थ्यमन्त्री अस्पतालमा

blog

जिल्ला अस्पतालमा सामाजिक बिकास तथा स्वास्थ्यमन्त्री शुसिला सिम्खडाले विरामीको गुनासो बुझ्नुहुँदै । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, असोज २६ गते । गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्यमन्त्री शुसिला सिम्खडा जिल्ला अस्पताल स्याङ्जाका बिरामीको गुनासो सुन्नु भएको छ । डेङगुसहितका बिभिन्न रोगका बिरामीको चाप बढीरहदाँ बिरामीको अवस्था बुझ्न पुतलीबजार नगरपालिका –३ कुमाल गाउँमा रहेको अस्पतालमा मन्त्री सिम्खडा मन्त्रालयमा सचिब डा. बिनोदबिन्दु शर्मासहितको टोली लिएर पुग्नुभएको हो ।

अस्पतालमा मन्त्री सिम्खडाले हेमोडाइलासीससहितका कक्षमा निरीक्षण गर्दै बिरामीको अवस्थाबारेमा बुझनुभएको थियो । मन्त्री सिम्खडाले अस्पताल ब्यवस्थापन समिति, मेसु, कर्मचारीसँग अस्पताल बारेमा चासो राख्नुभयो । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर गोदारले अस्पतालमा भौतिक पुर्वाधार समस्या रहेको बताउँदै १० महिनामा मेसु पाएको बताउनुभयो ।  

अस्तालमा दरबन्दी अनुसारका कर्मचारी नरहेको बताउँदै दरबन्दीमा रहेका डाक्टर अध्ययनमा जाँदा समस्या परेको भन्दै सट्टा डाक्टर खटाइदिन मन्त्री सिम्खडालाई अनुरोध गर्नुभयो ।  

२५ बेडको अस्पतालमा २५ जना कर्मचारी रहेकोमा ११ जना कर्मचारी नरहेको र दुई जना डाक्टर दुई जना नर्स अध्ययनमा जाँदा अस्तालमा आउने बिरामीलाई समस्या परेको गोदारले बताउनुभयो । 

रक्त सञ्चार केन्द्र, हेलिप्याडको ब्यवस्थान गरीदिन आग्रह गर्दै गोदारले जिल्ला अस्पतालाई ५० बेडको बनाउने पुरानो निर्णय कार्यान्यन गरिदिन आग्रह गर्नुभयो । मन्त्री सिम्खडाले नागरिककले निःशुल्क स्वास्थ्य सेवा पाउने अधिकार भएको बताउँदै जनताको स्वास्थ्यका लागि कुनै कन्जुस्याइ नगर्ने बताउनुभयो । 

अब उपचारका लागि पोखरालगायतका शहरमा जानुपर्ने बाध्यताको अन्त्य गर्ने बताउँदै मन्त्री सिम्खडाले दरबन्दी अनुसारको जनशक्ति र आवश्यकताअनुसारको भवन बन्ने बताउनुभयो । 

प्रदेश सरकारले गर्नसक्ने काम तत्काल प्रदेशले गर्ने र बाँकी रहेका संघसँग समन्वय गरेर पूरागर्ने बताउनुभयो । अस्तालमा अब जिल्ला अस्पतालको सेवा बिहान ७ बजेबाट बेलुका ८ बजेसम्म दिने ब्यवस्था गरिने मन्त्री सिम्खडाको भनाइ छ । यस्तै, मन्त्री सिम्खडाले जिल्ला आर्यूबेद अस्ताल, जिल्ला स्वास्थ्य कार्यालय, सामाजिक बिकास कार्यालयमा समेत अबलोकन गर्नुभयो ।