• २० वैशाख २०८१, बिहिबार

घर-घरमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्छ : महामन्त्री थापा

blog

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा ।

काठमाडौं, असोज २५ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले घर घरमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

महामन्त्री थापाले बाथ रोगको जनचेतना फैलाउन सबै मिलेर लाग्नुपर्ने पनि बताउनु भयो । उहाँले मान्छे बिरामी भएपछि उपचार लिन आउने केन्द्र बनाउनु भन्दा घर घरमै स्वास्थ्य सेवा पुर्‍याउने हो भने अस्पताल आउनुपर्ने मानिस घट्ने जिकिर गर्नुभयो । उहाँले  ६०/७० लाख जति मानिसलाई बाथ रोग भएको हुनसक्ने अनुमान रहेको भन्दै यो डरलाग्दो रहेको भनाइ व्यक्त गर्नुभयो ।

‘‘बाथ रोगको जनचेतना फैलाउन सबै मिलेर लाग्नुपर्छ । आज हामीले डाक्टर शावको कुरा पनि सुन्यौँ । उहाँहरूको काम  वर्षभर घरघरमा स्वास्थ्य सेवा र जनचेतना फैल्याउने हो । हामीले स्वास्थ्य भनेपछि मान्छे बिरामी भएपछि उपचार लिन आउने केन्द्र बनाउँछौँ ।,’’ महामन्त्री थापाले भन्नुभयो, ‘‘तर घरमा स्वास्थ्यको सेवा पुग्यो भने अस्पताल आउनुपर्ने मानिस घट्छन्  । घरघरमा स्वास्थ्यको सेवा दिन घरघरमा पुग्नुपर्छ । वर्षभर बाथ रोगको जनचेतना फैल्याउनु पर्छ । बाथरोगको बारेमा हामी सुन्यौँ । ६०/७० लाख जति मानिसलाई बाथ रोग भएको हुनसक्ने अनुमान छ । त्यसको बारेमा जानकारी समयमा नै थाहा पाउनुपर्छ । समयमै बाथ रोगको बारेमा थाहा पाउनुपर्छ र सूचना लिन पाउनुपर्छ ।’’

महामन्त्री थापाले घरघरमा स्वास्थ्य सेवा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का विभिन्न वडा र क्षेत्रमा गरिने बताउनु भयो ।