काठमाडौँ, असोज २५ गते । काठमाडौँ महानगरपालिकाको बजार अनुगमन समितिले पशुपति स्प्रिङ वाटर उद्योगलाई आज एक लाख रुपियाँ जरिवाना गरेको छ । समितिले खानेपानीमा किरा परेको भन्दै उद्योगलाई एक लाख रुपियाँ जरिवाना गरेको हो ।
समितिका निरीक्षण अधिकृत अवधेश झाले पानीको जारमा अब किरा भएको हुनु हुँदैन, खानेपानी भर्न अघि अनिवार्य निर्मलीकरण गर्नु होला, ल्याब रिपोर्ट अनिवार्यरुपमा दुवानीको साधनमा पठाउनु होला भनेर निर्देशन दिएको बताउनुभयो ।