लगानी अभिवृद्धि नै मुख्य लक्ष्य : प्रधानमन्त्री
लगानी बोर्डले यसै सातादेखि १२औँ वर्षमा प्रवेश गरेको छ । यसबिच हामीले विश्व तथा नेपाली अर्थतन्त्रमा आएका विभिन्न उतारचढाव र परिवर्तनहरू देखिरहेका छौँ ।
एक वर्षमा २९ हजार क्यान्सर बिरामीको उपचार
बाँकेको खजुरामा स्थापना भएको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या उल्लेख्य मात्रामा बढेको छ ।
आयुर्वेद उपचारमा सेवाग्राहीको आकर्षण बढ्दो
पछिल्लो समय आयुर्वेदतर्फ नागरिकको विश्वास बढेको पाइएको छ । कम खर्चिलो र आयुर्वेदिक औषधिले अन्यले भन्दा स्वास्थ्यमा कम असर गर्ने विश्वाससँगै आयुर्वेदप्रति जनताको आकर्षण बढ्दै गएको हो ।
पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन सुरु
भेरी अस्पताल नेपालगन्जमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन सुरु गरिएको छ । यहाँस्थित भेरी अस्पतालमा १४ वर्ष पुरा भई १५ वर्ष ननाघेका किशोरीलाई मात्र सो खोपको पहिलो मात्रा बुधबारबाट लगाउन सुरु गरिएको भेरी अस्पतालले जनाएको हो ।
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सुरु (फोटो फिचर)
पाठेघरको मुख्यको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउनु सुरु गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बुधबार काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा एक कार्यक्रमकाबिच सो खोप लगाउने कार्यको शुभारम्भ गर्नुभएको हो ।
रहस्यमय रोग सेप्सिसको बढ्दो सङ्क्रमण
मानिसको शरीरमा लाग्ने विभिन्न रोगहरूमध्ये केही कम खतरनाक हुन्छन् त केही धेरै खतरनाक र घातक छन् । साधारण केही रोग नियमित औषधि सेवनबाट निको हुन्छन् भने कतिपय निको नहुने पनि हुन्छन् ।
तनहुँमा सात सय ३२ जनामा डेङ्गु सङ्क्रमण
तनहुँमा सात सय ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । साउन महिनायता जिल्लाका विभिन्न ठाउँका सात सय ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो ।
धनगढीका दुई अस्पताल बन्द गर्न जिल्ला प्रशासनको पत्र
कैलाली जिल्लाको सदरमुकाम धनगढीस्थित स्वास्थ्य सेवा प्रवाह गरिरहेका दुई निजी अस्पताल स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रालि र सञ्जीवनीलाई बन्द गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले प्रहरीलाई निर्देशन दिएको छ ।
स्वास्थ्य मन्त्रीसमक्ष क्यान्सरका बिरामीका आफन्तको गुनासो : समयमै उपचार र औषधि पाइएन
चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र आफन्तले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतसँग अस्पतालमा हुने गरेका समस्या राखेका छन् ।