प्रादेशिक अस्पतालको सेवामा सुधार
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको सेवामा सुधार हुँदैगएको देखिएको छ । लुम्बिनी प्रदेशकै गौरवको आयोजनाको रुपमा रहेको अस्पतालले कार्यसम्पादनमा लुम्बिनी प्रदेशमै तेस्रो स्थान हासिल गर्न सफल भएको हो ।
स्थानीय जडीबुटी प्रयोग गर्न आयुर्वेद औषधालय भवन बन्दै
गाउँपालिकाको लगानीमा गाउँपालिका क्षेत्रभित्र पाइने जडीबुटीको प्रयोग र उपचार गर्ने गरी गाउँपालिका–५ स्थित ठाडेचुरीमा आयुर्वेद औषधालय भवन निर्माण गरिने भएको हो ।
रगत निःशुल्क हुनुपर्छ : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले रक्तदाताले दान गरेको रगत विरामीले उपचार गराउँदा निःशुल्क पाउनु पर्ने बताउनुभएको छ ।
गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिकलाई राहतमा प्राथमिकता : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई राहत वितरणमा प्राथमिकता दिएको बताउनुभएको छ ।
आयुर्वेदिक औषधी कम्पनीलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनिवार्य
अब आयुर्वेदिक औषधी उद्योगले पनि अनिवार्य रूपमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को गुणस्तरसम्बन्धी मापदण्ड (जिएमपी) पूरा गर्नुपर्ने भएको छ । हाल नेपालमा सञ्चालित आयुर्वेदिक औषधी कम्पनीहरूले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड पूरा गर्न सकेका छैनन् । नेपालमा ८० वटा आयुर्वेदिक औषधी उद्योग दर्ता भए पनि ५५ वटा कम्पनी सञ्चालनमा रहेका छन् । विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड गुड म्यानिफ्याक्चरिङ प्राक्टिस (जिएमपी) लागु भएपछि जडीबुटीजन्य तथा परम्परागत औषधीजन्य उद्योगले समेत अनिवार्य जिएमपी लागु गर्नैपर्ने छ ।
मधेश प्रदेशको स्वास्थ्य समिक्षा गोष्ठी सुरु
मधेश प्रदेशको समग्र स्वास्थ्यको समिक्षा तथा आर्थिक वर्ष २०७९–८० मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेश स्तरीय तीन दिने वार्षिक समिक्षा गोष्ठी बिहीबारदेखि जनकपुरधाममा सुरु भएको छ ।
तनहुँमा घट्दै डेंगुका बिरामी
डेंगुबाट गण्डकी प्रदेशमा सबैभन्दा प्रभावित तनहुँमा बिरामीको सङ्ख्या घट्न थालेको छ । जाडो याम सुरु भएसँगै बिरामीको सङ्ख्यामा कमी हुन थालेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
भूकम्पपीडितका लागि २२ पिन्ट रगत सङ्कलन
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी घाइते भएकाहरूका लागि पाल्पाको रामपुरमा २२ पिन्ट रगत सङ्कलन गरिएको छ । रामपुर नगरपालिकाले रक्तदान कार्यक्रम गरी बिहीबार रगत सङ्कलन गरेको हो ।
दुर्घटना न्यूनीकरण गर्न सवारी चालकको आँखा परीक्षण
बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न हेटौँडामा सार्वजनिक सवारीसाधनका चालक र सहचालकको निःशुल्क आँखा परीक्षण गरिएको छ ।
सेनाले बर्थिङ सेन्टर निर्माण गर्ने
नेपाली सेनाले सर्लाहीको बरहथवा नगरपालिका–११, हीरापुरमा प्रसूति गृह (बर्थिङ सेन्टर) निर्माण गर्ने भएको छ ।
गुल्मीमा भुस्याहा कुकुरले टोक्दा १७ जना घाइते
गुल्मीमा भुस्याहा कुकुरले टोक्दा १७ जना घाइते भएका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका र छत्रकोट गाउँपालिकामा भुस्याहा कुकुरले टोक्दा १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य सङ्कट निम्तिने जोखिम : एनआरएनए
गत कात्तिक १७ गते शुक्रबार राति जाजरकोट र रुकुम पश्चिमलगायतका स्थानमा गएको भूकम्पपछि स्वास्थ्य सङ्कट निम्तने सक्ने अवस्थातर्फ तत्काल ध्यानदिनुपर्ने देखिएको छ ।
हिमालपारिको गाउँ लिमीमा आँखा शिविर
चीनसँग सीमा जोडिएको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीमा पहिलो पटक आँखा शिविर सन्चालन भएको छ । एक दिन सञ्चालन भएको उक्त शिविरबाट दश जना ७० वर्ष माथिका ज्येष्ठ नागरिकको मोतिया बिन्दुको शल्यक्रिया सफल भएको छ भने अन्य आँखा र सामान्य बिरामीको समेत उपचार गाउँमै चिकित्कसले गर्नु भएको हो ।
भूकम्पका घाइतेसँग स्वास्थ्य मन्त्री बस्नेतको भेट
जाजरकोट र पश्चिम रुकुममा कात्तिक १७ गते आएको विनाशकारी भूकम्पमा परेर गम्भीर घाइते भएपछि थप उपचारका लागि काठमाडौँको त्रिवि शिक्षण अस्पताल (टिचिङ) ल्याइएका उपचाररत घाइतेलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले भेट्नु भएको छ ।
राष्ट्रपतिद्वारा घाइतेको उपचारमा ध्यान दिन आग्रह
राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट भूकम्पमा परी घाइतेभएकाहरूको उपचारमा ध्यान दिन आग्रह गर्नुभएको छ ।
बङ्गलादेशमा डेंगुबाट एक हजार चार सयको मृत्यु, तीन लाख सङ्क्रमित
यो वर्षको ११ महिनाभन्दा कम अवधिमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु ज्वरोले बङ्गलादेशमा एक हजार चार सयभन्दा धेरै मानिसको मृत्यु भएको छ भने करिब तीन लाख सङ्क्रमित भएका छन् ।
स्वास्थ्य क्षेत्रका सबै रणनीति पास भएका छन् : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले १६ वर्षदेखि पास हुन नसकेका स्वास्थ्य क्षेत्रका सबै रणनीति पास भइसकेको बताउनुभएको छ ।
‘नेपालमा आमा र बालबालिकाको पोषण अवस्थामा सुधार’
नेपाल–सुआहारा २ “गुड न्युट्रिसन” परियोजनामार्फत पोषणमा युएसएआईडीले गरेको लगानीको परिणामस्वरूप नेपालमा आमा र बालबालिकाको पोषणको अवस्थामा सुधार आएको छ ।
सञ्चालन हुन सकेन अस्पतालको आइसियु सेवा
जटिल प्रकृतिका बिरामीको उपचार गर्न आवश्यक पर्ने भ्यान्टीलेटरसहितको आइसियु सेवा झण्डै तीन वर्षदेखि बन्द हुँदा बिरामी मर्कामा परेका छन् ।
आठ जना एचआइभी सङ्क्रमितको मृत्यु
म्याग्दीमा एआरटी सेबा सुरु भएपछि आठ जना नागरिकको एचआइभी तथा एड्स सङ्क्रमणबाट मृत्यु भएको छ । वि.सं २०७१ बाट एचआइभी तथा एड्स एन्टीरेट्रोभाइरल थेरापी(एआरटी) सेन्टर सुरु भएपछि हालसम्म आठ जनाको मृत्यु भएको हो ।
घाइतेको उपचार पहिलो प्राथमिकतामा : मन्त्री ज्वाला
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार गराइरहनुभएका भूकम्पका घाइतेलाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ ।
अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनमा २५ राष्ट्रका चिकित्सक सहभागी हुने
विश्व स्वास्थ्यका लागि आयुर्वेद भन्ने मूल नाराका साथ विभिन्न राष्ट्रका आयुर्वेद विज्ञ तथा चिकित्सकहरूको बृहत् भेला आजदेखि जनकपुरधाममा सुरु हुँदैछ ।
भूकम्प पीडितलाई जाडोबाट बचाउनु पहिलो प्राथमिकता : डा. बद्री रिजाल
पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिममा हालै गएको भूकम्पबाट ठुलो जनधनको क्षति भएको छ । सयौँ मानिसहरू घाइते भएका छन् भने हजारौँ संरचना ध्वस्त भएका छन् । भूकम्पमा परी हजारौँ पशुचौपाया मरेका छन् ।
एकै पटक बाह्र वटा स्वास्थ्य चौकी निर्माण
वालिङ नगरपालिकाले सहज स्वास्थ्य सेवा प्रवाह गर्नका लागि एकै पटक १२ वटा आधुनिक भवन निर्माण गरेको छ । चार वटा प्रतिभवन दुई करोड १४ लाख रुपियाँ, दुई वटा ४७/४७ लाख रुपियाँ र छ वटा भवन २८/२८ रुपियाँ गरी ११ करोड १८ लाख लागतमा सङ्घीय सरकारको अनुदानमा आधुनिक भवन निर्माण सम्पन्न गरिएको हो ।