तिलाचन पाण्डे
तम्घास, कात्तिक २३ गते । गुल्मीमा भुस्याहा कुकुरले टोक्दा १७ जना घाइते भएका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका र छत्रकोट गाउँपालिकामा भुस्याहा कुकुरले टोक्दा १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
घाइते हुनेहरूमा रुरुक्षेत्र गाउँपालिकाका ४ का ७२ वर्षीय सीतादेवी ज्ञवाली, ३७ वर्षीय अमृता ज्ञवाली, छत्रकोट गाउँपालिका १ का ४९ वर्षीय राधिका ज्ञवाली, छत्रकोट ३ का ५५ वर्षीय चैते चौधरी, छत्रकोट ४ का ३३ वर्षीय रमेश श्रेष्ठ, ५५ वर्षीय लालमणि कँडेल, २८ वर्षीय राजकुमार कँडेल, २६ वर्षीय सङ्गीता परियार, ३० वर्षीय जमुना नेपाली,७० वर्षीय लिली टण्डन, ६५ वर्षीय सोमबहादुर नम्जाली, ५१ वर्षीय टिकाबहादुर झाँक्री, १३ वर्षीय एन्जल बस्नेत, ७५ वर्षीय दीमकला कँडेल, ५० वर्षीय कमला सुनार रहेको पाण्डेले बताउनुभयो ।
घाइतेहरूको शरीरका विभिन्न भागहरूमा कुकुरले टोकेकाले उपचारका लागि पाल्पाको मिसन अस्पतालमा पठाइएको पाण्डेले जानकारी दिनुभयो ।
मान्छे टोक्ने कुकुरलाई नियन्त्रणमा लिई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका जिम्मा लगाएको प्रहरीले जनाएको छ ।