जीवन बचाउन आग्रह गर्दै २३ वर्षीय महते
दुवै मिर्गौलाले काम नदिने अवस्थामा पुगेपछि जीवन मरणको अवस्थामा पुगेका युवराज महते आफ्नो जीवन बचाउन सहयोग गर्न आग्रह गरेका छन् । कलिलै उमेरमा मिर्गौलाले काम गर्न छाडेदेखि ३ वर्ष देखि निरन्तर डाइलोसिस गर्दै आएका उहाँ रकम अभावले मिर्गौला प्रत्यारोपण गर्न नसकेको बताउनुभयो ।
तीन अर्ब व्यक्ति सुरक्षित शौचालयको सुविधाबाट वञ्चित
विश्व शौचालय दिवस विश्वसँगै आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र सङ्घले सन् २०१३ देखि नोभेम्बर १९ लाई विश्व शौचालय दिवसका रुपमा मनाउने गरेको हो । मानव समुदायलाई मानवजन्य दिसा र पिसाबबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगब्याधिबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानी विकसित गराउन यो दिवस मनाउन सुरु गरिएको हो ।
नगरपालिकाद्वारा पाठेघरको समस्या भएका महिलाको निःशुल्क शल्यक्रिया
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निःशुल्क शल्यक्रियाका लागि पाठेघरको समस्या भएका महिलाहरूलाई अस्पताल लगिएको छ ।
हाते पम्पबाट आउने खानेपानीमा आर्सेनिक समस्या
बाँके र बर्दियाका केही स्थानीय तहमा रहेका हाते पम्पबाट आउने खानेपानीमा आर्सेनिकको समस्या देखिएको छ । पानी प्रयोगशाला, नेपालगन्जले केही समयअघि गरेको खानेपानी परीक्षणमा आर्सेनिकको मात्रा केही बढी देखिएको प्रयोगशालाका सहायक केमिष्ट गोपाल रेग्मीले जानकारी दिनुभयो ।
रोगबाट बच्न बेलैमा स्वास्थ्य परीक्षण गरौँ : उपप्रमुख डंगोल
काठमाडौँ महानगपालिका र नेपाल मधुमेही समाजको संयुक्त आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । शनिबार पण्डित निष्ठानन्दको सालिक परिसर नःबहिल, ओमबहालमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो ।
प्रतिजैविक प्रतिरोध सचेतनाका लागि व्यक्तिगत रूपमा सचेत हुनु पर्छ : प्रधानमन्त्री प्रचण्ड
प्रतिजैविक प्रतिरोध विरुद्धको लडाइँमा तत्काल प्रतिफलको लागि सम्पूर्ण समाजले अपनत्व गरी व्यक्तिगत रूपमा सचेत हुनु जरुरी भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ ।
४० लाख डोज सिनोभ्याक खोप खेर जाँदै
चीनबाट अनुदानमा प्राप्त भएको कोरोना भाइरसविरुद्धको ४० लाखमात्रा सिनोभ्याक खोप खेर जाने भएको छ ।
भेरी अस्पतालबाट थप दुई जना घाइते डिस्चार्ज
जाजरकोट र रुकुम पश्चिममा गत कार्तिक १७ गते राति गएको भूकम्पमा परी घाइते भएर उपचारका लागि विभिन्न समयमा भेरी अस्पताल ल्याइएका बिरामी निको भएर डिस्चार्ज हुनेक्रम बढेको छ।
प्रदेश र स्थानीय तहलाई अधिकारसहित बलियो बनाउँछौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय तहलाई अधिकारसहित बलियो बनाउने बताउनुभएको छ ।
उर्लाबारीमा आगलागीमा परी घाइते ६ जनाको अवस्था गम्भीर
मोरङको उर्लाबारीमा आगलागी हुँदा घाइते भएकाहरूमध्ये ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्ड आँबुखैरेनीमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज तनहुँको आँबुखैरेनीमा आउनु भएको छ । प्रधानमन्त्री प्रचण्ड आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी बजारमा निर्माण गरेको १५ बेड क्षमताको आँबुखैरेनी अस्पतालको उद्घाटन गर्न आउनु भएको हो ।
स्वास्थ्यमन्त्री बस्नेतद्वारा बर्न अस्पतालका घाइतेसँग भेट
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कीर्तिपुर बर्न अस्पतालमा उपचार गराइरहेका मोरङको उर्लाबारीका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ।
भूकम्पका घाइतेमा देखियो शरीर दुख्ने समस्या
जाजरकोट र रुकुमपश्चिममा कात्तिक १७ गते राति गएको भूकम्पमा परी घाइते भई सामान्य उपचार गराएर बसेका बिरामीहरुमा पुनः स्वास्थ्य समस्या देखिन थालेको छ ।
भेरीमा थप दुई जना भूकम्पका घाइतेलाई ल्याइयो
भूकम्पमा परी घाइते भएका थप दुई जना बिरामीलाई उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याइएको छ ।
चाडपर्वमा आकस्मिक सेवा उपलब्ध गराउन आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाडपर्वमा आकस्मिक स्वास्थ्य सेवा सुनिश्चित गर्न आग्रह गरेको छ।
जलेर घाइते १४ जनालाई काठमाडौँ पठाइयो
मोरङको उर्लाबारी –७, इटरोडस्थित दीपक कार्कीको सुन पसलमा आइतबार साँझ भएको आगलागी नियन्त्रण प्रयासमा घाइते भएकामध्ये १४ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
बिरामी डिस्चार्ज भएपछि खाली भयो डिजास्टर वार्ड
जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पमा परी घाइते भई नेपालगञ्जस्थ्ति भेरी अस्पतालमा उपचारका लागि ल्याइएका बिरामी निको भएर डिस्चार्ज भएपछि डिजास्टर (विपद्) वार्ड खाली भएको छ ।
दरबन्दी बढाउने प्रक्रिया अघि बढेको छ : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउने प्रक्रिया सुरु गरेको बताउनुभएको छ । मण्डनदेउपुर नगरपालिका –७ मा १५ शैय्या अस्पतालको सिलान्यास गर्नुहुँदै मन्त्री बस्नेतले आज सो कुरा बताउनुभएको हो ।
अर्थोपेडिक अस्पतालमा ३९ जनाको ४३ वटा घुँडाको शल्यक्रिया
काठमाडौंको जोरपाटीमा रहेको नेपाल अर्थोपेडिक अस्पतालले ३९ जनाको ४३ वटा घुँडाको शल्यक्रिया गरेको छ । अमेरिकाको सिकागोमा रहेको अप्रेसन वाल्क सिकागोको सहयोगमा आएका विशेषज्ञ डाक्टरसहितको ४० जना चिकित्सकको टोलीले घुँडाको शल्यक्रिया गरेको हो ।
स्वस्थ मधेश निर्माण गर्नुपर्छ : मन्त्री सिंह
मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्रप्रसाद सिंहले स्वस्थ, शिक्षित र समृद्ध मधेश निर्माणमा लाग्न प्रदेशका स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभएको छ ।
स्वास्थ्यमन्त्री बस्नेतको उपस्थितिमा धन्वन्तरी दिवस मनाइयो
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेद क्षेत्रको विकासका लागि मन्त्रालयले थप कार्ययोजना बनाइरहेको बताउनुभएको छ ।
भेरी अस्पतालबाट ४० जना घाइते डिस्चार्ज
जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पमा परी घाइते भएकाहरूमध्ये ५८ जनालाई नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । समयमै अस्पताल पुर्याउन सकिएको र अस्पतालबाट राम्रो उपचार सेवा पाएकाले उपचारका लागि विभिन्न माध्यमबाट अस्पताल लगिएकामध्ये हालसम्म ४० जना निको भएर घर फर्किएको भेरी अस्पतालले जनाएको छ ।
वीर अस्पतालकाे बदनाम गर्ने काम भित्रकै बिचौलियाले गरेका छन् : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालकाे बदनाम गर्ने काम अस्पताल भित्रकै केही विचौलियाले गरिरहेको बताउनुभएको छ ।
डा. अनिलद्वारा ‘विश्व रेकर्ड’
वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा. ओममूर्ति अनिलले ‘विश्व रेकर्ड’ राख्नुभएको छ । उहाँले फेसबुक लाइभमा ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ भन्ने शीर्षकमा आफूले गिनिज वल्र्ड रेकर्ड बनाएको जानकारी दिनुभयो । डा. अनिलले विश्व मुटु दिवसका अवसर गत असोज १२ गते मुटुरोगसम्बन्धी जनचेतनामूलक सन्देश फेसबुक लाइभ प्रस्तुतिबाट विश्व रेकर्ड बनाउनुभएको हो । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुतिबाट विश्व रेकर्ड कायम गरेको जानकारी दिनुभयो ।