• १२ मंसिर २०८१, बुधबार

चाडपर्वमा आकस्मिक सेवा उपलब्ध गराउन आग्रह

blog

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय । फाइल तस्बिर

काठमाडौं,  कात्तिक २७ गते। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाडपर्वमा आकस्मिक स्वास्थ्य सेवा सुनिश्चित गर्न आग्रह गरेको छ। 

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सार्वजनिक बिदाको दिन सबै जसो स्वास्थ्य संस्थाको बहिरङ्ग सेवा बन्द हुने भएकाले आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताललाई आग्रह गरिएको बताउनुभयो। 

उहाँका अनुसार  अस्पताललाई आकस्मिक चिकित्सकीय समूह, आधारभूत आकस्मिक मेडिकल प्राविधिक र एम्बुलेन्स तयारी अवस्थामा राख्न आग्रह गरिएको छ।

प्रवक्ता डा. बुढाथोकीले चाडपर्वमा जथाभावी चिकित्सकको सल्लाहबमोजिम औषधी सेवन गर्नसमेत आग्रह गर्नुभयो। 

मन्त्रालयका चाडपर्वको बेला विस्फोटक एवम् प्रज्वलनशील पदार्थको प्रयोगले वायुप्रदूषण, ध्वनि प्रदूषण, आगलागी तथा आगोजन्य विपद्का घटना निम्त्याउन सक्ने हुनाले आफू पनि जोगिन र अरूलाई पनि असर नपुर्याउनसमेत अनुरोध गरेको छ। रासस