मातृशिशु मृत्युदर शून्यमा झार्नुपर्छ : स्वास्थ्यमन्त्री सिंखडा
गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडाले मातृशिशु मृत्युदर शून्यमा झार्नुपर्ने बताउनु भएको छ ।
देउसी-भैलोको रकम मिर्गौला पीडितलाई
गुल्मीमा देउसी भैलोबाट उठेको रकम मिर्गौला पीडितलाई सहयोग गरिएको छ ।
देशभर १२ सय र उपत्यकामा दैनिक ३५० युनिट रगत माग
नेपाल रेडक्रस सोसाइटीले नेपालमा रगतको सङ्कलन एवम् व्यवस्थापनका लागि सबैमा रगत दान गर्नुपर्ने जागरण चलाउन आवश्यक रहेको बताएको छ ।
जथाभावी प्रतिजैविक प्रतिरोध औषधिको प्रयोग नगर्न चिकित्सकको सुझाव
पछिल्लो समय एन्टिमाइक्रोबियल रेजिस्टेन्स (प्रतिजैविक प्रतिरोध) एक विश्वव्यापी जनस्वास्थ्य समस्याको रुपमा देखा परेको छ ।
अब सरकारी अस्पतालमा चिकित्सा शिक्षा
चिकित्सा शिक्षामा जनशक्तिको अभाव हुन थालेपछि सरकारले एक सयदेखि तीन सय बेडसम्मका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स अध्यापन गराउने तयारी थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यस्तो प्रस्ताव पारित गरेर चिकित्सा शिक्षा आयोगमा पठाएको छ । साथै प्रस्तावमा अस्पतालहरूको राय पनि मागेको छ ।
स्वास्थ्य क्षेत्रमा प्राप्त सहयोगको प्रयोगबारे छलफल आवश्यक छः मन्त्री बस्नेत
काठमाडौंमा स्वास्थ्य सम्बन्धि राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठी सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयेजना गरेको उक्त गोष्ठी बिहीबार र शुक्रबार दुई दिनसम्म चल्नेछ।
मुटुरोग घटाउन ‘बाल मुटु बचाउ’ अभियान
आधुनिक जीवनशैली र खानपानका कारण बर्सेनि मुटुरोगका बिरामी बढेको भन्दै चिकित्सकले ‘बाल मुटु बचाउ’ अभियान सञ्चालन गरेका छन् । सानै उमेरमा मुटुको जाँच गर्नसके मुटुरोगबाट हुनसक्ने ठुलो क्षतिबाट बच्न सकिने भन्दै अहिले बालबालिकाको ‘मुटु बचाउ’ अभियान देशभर सञ्चालन भइरहेको छ ।
एक सयदेखि तीन सय बेडसम्म भएका सरकारी अस्पतालमा नर्सिङ पढाइ हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत
सरकारले एक सयदेखि ३ सय बेडसम्म बेड भएका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयले सो निर्णय गरेको जानकारी दिनुभएको हो।
जनतालाई अनुभूति हुनेगरी काम भइरहेको छ : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनतालाई अनुभूति हुनेगरी काम गरिरहेको बताउनुभएको छ । विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको संयुक्त वार्षिक समीक्षा गोष्ठीको पूर्वतयारीका लागि आज यहाँ आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य क्षेत्रमा सुधारको काम भइरहेको जिकिर गर्नुभएको हो ।
जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु
जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) र इन्स्टिच्युट अफ ट्रोपिकल मेडिसिन बेल्जियमको संयुक्त रूपमा आयोजना गरेको सम्मेलन तीन दिनसम्म चल्ने छ ।
भूकम्पपीडितका लागि स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा
भूकम्प प्रभावित क्षेत्र सल्यान दार्मामा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । त्रिपालमुनिको चिसोले पीडितहरू बिरामी पर्न थालेपछि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको हो ।
राजपुरमा आँखा उपचार केन्द्र सञ्चालन
दाङको राजपुर गाउँपालिकामा एकीकृत आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । नेपाल नेत्रज्योति सङ्घ, लमही आँखा अस्पताल र राजपुर गाउँपालिको साझेदारीमा राजपुर गाउँपालिका–२ को पवित्रनगरमा सो केन्द्रको उद्घाटन गरिएको हो ।
उपचारका लागि आएका ६० मध्ये ५२ डिस्चार्ज
जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी घाइते भएका ५२ जना निको भई भेरी अस्पताल नेपालगञ्जबाट घर फिर्ता हुनुभएको छ ।
कुपोषण पहिचान गर्ने कार्यक्रम लागु
सिमकोट गाउँपालिकाले कुपोषण पहिचान कार्यक्रम लागु गरेको छ ।
उर्लाबारी आगलागीका घाइतेमध्ये एक जनाको मृत्यु
मोरङको उर्लाबारी–७ स्थित एक सुन पसलमा गत कात्तिक २६ गते भएको आगलागीमा परी गम्भीर घाइते भएका ४३ वर्षीय तपन पण्डितको उपचारका क्रममा मङ्गलबार बिहान मृत्यु भएको छ ।
सेती प्रादेशिक अस्पतालमा सिकलसेलको जाँच निःशुल्क
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालले सिकलसेल एनिमियाको जाँच निःशुल्क गरेको छ ।
सहज बन्दै कैदीबन्दीको उपचार
कैदीबन्दीको उपचार गर्ने केन्द्रीय कारागार अस्पताल सुधार हुँदै गएको छ । यसअघि सामान्य उपचारका लागि पनि कैदीबन्दी बिरामीलाई रिफर गर्नुपर्ने बाध्यता रहेकामा अहिले कारागार अस्पतालमै कैदीबन्दीलाई सम्पूर्ण स्वास्थ्य प्रदान हुन थालेको छ । केन्द्रीय कारागार कार्यालयका कारागार प्रशासक ललितकुमार बस्नेतले हाल विशेषज्ञ सेवा पनि कारागार अस्पतालमै हुने गरेको र उपचार गर्न नसकिने जटिल रोगका लागि अन्य विशेषज्ञ अस्पतालमा सम्झौता भएको बताउनुभयो । उहाँले त्यस्ता अस्पतालमा नगद बोकेर जानुपर्ने बाध्यता नरहेको र उपचारपछि मात्र उपचार खर्च लिने व्यवस्था गरिएको बताउनुभयो ।
देउसी भैलीको रकम मिर्गौला बिरामीको उपचारमा
देउसी भैलीबाट सङ्कलन भएको दक्षिणा बापतको रकम बाँकेमा एक जना मिर्गौला रोगसँग जुधिरहनुभएका विरामीको उपचारका लागि हस्तान्तरण गरिएको छ ।
उर्लाबारी आगलागी अपडेट : घाइतेमध्ये ६ को अवस्था जटिल
मोरङको उर्लाबारी आगलागीमा उपचाररत घाइते बिरामीमध्ये छ जनाको अवस्था जटिल छ । कीर्तिपुर बर्न अस्पतालमा उपचाररत घाइतेमध्ये छ जना घाइतेको अवस्था गम्भीर रहेको अस्पतालकी मेडिकल डाइरेक्टर डा.निजीना ताम्राकारले जानकारी दिनुभयो ।
मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या ७६० पुग्यो
मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या ७६० पुगेको छ । स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्कअनुसार जिल्लामा साउन १ गतेदेखि मङ्सिर ४ गतेसम्म पुरुष ३८८ र महिला ३७२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।
फिस्टुलाको उपचार निःशुल्क
कर्णालीमा प्रसव फिस्टुलाको निःशुल्क उपचार हुँदैआएको छ । विदेशी चिकित्सकको लगानीमा एक गैर सरकारी संस्थाले कर्णाली प्रदेशको प्रदेश अस्पतालमा सञ्चालन गरेको अस्पतालमा प्रसव फिस्टुलाको निःशुल्क उपचार सुरु गरिएको हो ।
कलाकार कोमल ओलीकी मृतक आमाको आँखा दान
कलाकार कोमल ओलीकी मृतक आमा दिपा ओलीको आँखाको नानी दान गरिएको छ ।
शिक्षामन्त्री राईको कानको शल्यक्रिया हुँदै
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईको कानको शल्यक्रिया हुने भएको छ ।
चिकित्सा शिक्षा स्थापित गर्ने प्रयास भइरहेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय रुपमा नेपालमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि हाम्रो चिकित्सा शिक्षा प्रणाली आकर्षणको केन्द्रको रुपमा स्थापित गर्ने प्रयास भइरहेको बताउनुभएको छ ।