काठमाडौं, मङ्सिर ४ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईको कानको शल्यक्रिया हुने भएको छ ।
मन्त्री राईको सोमबार महाराजगञ्जस्थित शिक्षण अस्पतालमा कानको शल्यक्रिया हुन लागेको अस्पतालका प्रशासन प्रमुख वैकुण्ठ थपलियाले जानकारी दिनुभयो ।
मन्त्री राईको कानको शल्यक्रिया गरेर कोक्लियर इम्पलान्ट राख्ने तयारी भएको थपलियाले बताउनुभयो ।
चिकित्सकका अनुसार कोक्लियर इम्पलान्टले सुन्न नसक्ने व्यक्तिलाई आवाज सुन्न मद्दत गर्छ । कानमा समस्या देखिएपछि राई अस्पतालमा भर्ना हुनुभएको हो ।