• १६ असार २०८१, आइतबार

स्वास्थ्यमन्त्री बस्नेतको उपस्थितिमा धन्वन्तरी दिवस मनाइयो

blog

कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले स्वास्थ्यमन्त्री बस्नेतको उपस्थितिमा धन्वन्तरी दिवस मनाइयो ।

काठमाडौं, कात्तिक २५ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेद क्षेत्रको विकासका लागि मन्त्रालयले थप कार्ययोजना बनाइरहेको बताउनुभएको छ ।

शनिबार कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले स्वास्थ्यमन्त्री बस्नेतको उपस्थितिमा धन्वन्तरी दिवस मनाइएको हो । सो अवसरमा मन्त्री बस्नेतले यस्तो बताउनुभएको हो ।


धन्वन्तरीलाई आयुर्वेदका प्रणेताका रुपमा लिइन्छ । तालिम केन्द्र परिसरमा रहेको मन्दिरमा मन्त्री बस्नेतसहितले धन्वन्तीको पुरा गरेर सम्मान प्रकट गर्नुभएको थियो ।

यसैगरी, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा. रामअधार यादवले आयुर्वेद क्षेत्रको विकासका लागि आयुर्वेद प्रतिष्ठान बनाएर अगाडि बढाउनु पर्ने आवश्यकता रहेको बताउनुभयो ।