• १३ मंसिर २०८१, बिहिबार

अस्पतालको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै शव बुझ्न अस्वीकार

blog

शेरबहादुर राई 

ओखलढुङ्गा, असोज २० गते । अस्पतालको लापरबाहीले शिशुको ज्यान गएको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । ओखलढुङ्गा सामुदायिक अस्तपालको उपचारत शिशुको अस्पतालको लापरबाहीका कारण ज्यान गएको जनाउदै आफन्तले शिशुको शव बुझ्न अस्वीकार गरेका हुन् । 

सिद्धिचरण नगरपालिका–५ का डोम प्रसाद दाहालकी ५३ दिनकी छोरी रियाना दाहालको उपचारका क्रममा शुक्रबार राती ९ः४५ बजे ज्यान गएको थियो । अस्पतालको लापरबाहीका कारण शिशुको ज्यान गएको भन्दै आफन्तले विरोध जनाएका छन् । पिसाब रोकिएर सिकिस्त विरामी भएपछि शुक्रबार आफन्तले बालिकालाई ओखलढुङ्गा सामुदायिक अस्पतालको इमर्जेन्सी कक्षमा पु¥याएका थिए । 

शिशुलाई सामान्य चेकजाँच पनि नगरीे चिकित्सकले बहिरंग विभाग तर्फ पठाएको बुबा डोम प्रसाद दाहालले बताउनुभयो । बहिरंग विभागमा लामो समय सम्म लाइनमा बसेर बच्चाको चेक जाँच गर्दा विभागका चिकित्सकले पुनः इमर्जेन्सी कक्षमै राखेर उपचार गर्न भनेपछि इमर्जेन्सी कक्षमा लगिएको दाहालले बताउनुभयो । ‘इमर्जेन्सी कक्षमा पु¥याउदा बच्चाको स्वासप्रस्वासमा गम्भिर समस्या भईसकेको थियो’ दाहालका आफन्त देबकुमार दाहालले बताउनुभयो । बालिकालाई उपचारका लागि समयमै अस्पताल ल्याइएको भएपनि अस्पतालको लापरबाहीका कारण ज्यान गएको दाहालको भनाई छ । 

मृतकका आफन्तले अस्पतालको निर्देशकले तुरुन्तै राजीनामा दिनुपर्ने, इमर्जेन्सी कक्षमा कार्यरत चिकित्सकहरुमाथि छानविन गरी आवश्यक कारबाही गर्नुपर्ने लगायतका माग राख्दै विरोध जनाएका छन् । 

अस्पतालका निर्देशक डा. रोशन खरेलले यस बिषयमा प्रशासनमा छलफल भइरहेको र छानबिनको तयारी भइरहेको बताउनुभयो । अस्पताल प्रशासन, मृतक शिशुका आफन्त, प्रहरी र सरोकारवालाहरुबीच छलफल भईरहेको डा.खरेलको जानकारी दिनुभयो।