माटोको पाला व्यवसायबाट राम्रो आम्दानी
नेपालीहरूको दोस्रो महान चाड तथा उज्यालोको पर्व तिहार घरआँगनमा प्रवेश गर्नै लाग्दा हरिकृष्ण प्रजापतिलाई माटोको पाला बनाउन भ्याइनभ्याइ भएको छ । उहाँ अझै अन्य समयमा भन्दा तिहार नजिकिएसँगै बिहानदेखि साँझसम्म प्रत्येक दिनमा समय बढाएर तिहारमा बत्ती बाल्न प्रयोगमा ल्याइने पाला बनाउनमा व्यस्त हुनुहुन्छ । तिहार नजिकिएसँगै प्रजापति समुदायलाई माटोको पाला बनाउन भ्याइनभ्याइ भएको छ ।
मुद्रास्फीति वाञ्छित सीमा बाहिर, विप्रेषण र विदेशी मुद्रा सञ्चिती बढ्यो
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार गत असोज मसान्तसम्ममा मुद्रास्फीतिले वाञ्छित सीमा नाघेको छ भने विप्रेषण र विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार भएको देखिएको छ ।
मोबाइल वालेटमा जम्मा गर्ने रकमको सीमा बढाइयो
नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायीरुपमा बढाएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनको व्यवस्थामा संशोधन गर्दै मोबाइल वालेटमा रकम जम्मा गर्ने सीमा दोब्बर बनाएको हो ।
पाक्न लागेको धान ढुसीले नष्ट
भोजपुर नगरपालिका–५ स्थित बोखिमका किसानको पाक्न लागेको धानमा ढुसीको माध्यमद्वारा लाग्ने मरुवा रोग (ब्लास्ट) का कारण धान नष्ट भएको छ ।
तिहारमा बिजुली जाँदैन ढुक्क भएर प्रयोग गर्नुस्: प्राधिकरण
तिहारको समयमा विद्युत् आपूर्ति पर्याप्त हुने नेपाल विद्युत् प्राधिकरणले स्पष्ट पारेको छ । आगामी शनिवारबाट तिहार सुरु हुँदै छ । तिहारको समयमा विद्युत् प्रवाहमा कुनै कमी नहुने भएकाले निर्धक्क भएर विद्युतीय सामग्रीको प्रयोग गर्न प्राधिकरणले आग्रह गरेको छ ।
सहिद प्रहरीका परिवारले रोपेको सयपत्री फूल बजारमा
सुर्खेतका सहिद प्रहरीका परिवारले गरेको फूलखेती बजारमा पठाउन पाइने भएको छ । नेपाल प्रहरीका शहीद परिवारले तिहारलाई लक्षित गरी रोपेका फूलहरू बजारमा पठाउन थालिएको हो । बिहीबारबाट शहीद प्रहरीका परिवारको जीविकोपार्जनमा टेवा पुग्ने अपेक्षाका साथ फुल खेती सुर्खेत बजारमा पठाइएको प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भीम प्रसाद ढकालले जानकारी दिनुभयो । नेपाल प्रहरी श्रीमती सङ्घ कर्णाली प्रदेशको सहयोगमा १५ परिवारले रोपेका फूल बिक्रीका लागि बजार पठाइएको हो ।
थन्कियो दुग्धजन्य पदार्थ
भरतपुरको ठिमुरामा रहेको चितवन मिल्कका चिस्यान केन्द्र र गोदाम सबै दुग्धजन्य पदार्थले भरिएका छन् । बढीमा दुई दिन उत्पादन हुने वस्तुको भण्डारण गर्न सक्ने क्षमता उद्योगसँग छ । उद्योगका चिस्यान केन्द्रको प्यासेजसमेत दुग्धजन्य पदार्थले भरिएका छन् ।
भारतबाट भित्रिने खसी–बोका रोक्न माग
नेपाल व्यावसायिक बाख्रापालक महासङ्घले सरकारले पेसा व्यवसायको संरक्षण गर्नुपर्ने माग गरेको छ । महासङ्घले आफूहरुको पेसा–व्यवसायको संरक्षणका लागि हाल भइरहेको सरकारी प्रयास न्यून उपलब्धि दिने, नाम मात्रैका र वास्तविक किसानको पहुँचभन्दा बाहिर रहेको जनाएको छ ।
आयुर्वेदिक औषधी कम्पनीलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनिवार्य
अब आयुर्वेदिक औषधी उद्योगले पनि अनिवार्य रूपमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को गुणस्तरसम्बन्धी मापदण्ड (जिएमपी) पूरा गर्नुपर्ने भएको छ । हाल नेपालमा सञ्चालित आयुर्वेदिक औषधी कम्पनीहरूले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड पूरा गर्न सकेका छैनन् । नेपालमा ८० वटा आयुर्वेदिक औषधी उद्योग दर्ता भए पनि ५५ वटा कम्पनी सञ्चालनमा रहेका छन् । विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड गुड म्यानिफ्याक्चरिङ प्राक्टिस (जिएमपी) लागु भएपछि जडीबुटीजन्य तथा परम्परागत औषधीजन्य उद्योगले समेत अनिवार्य जिएमपी लागु गर्नैपर्ने छ ।