कोदोजन्य बालीको बृहत् प्रदर्शनी हुने
कृषि तथा पशुपन्छी विकास मन्त्रालय र संयुक्त राष्ट्रसङ्घ खाद्य तथा कृषि सङ्गठन (एफएओ) नेपालले संयुक्त रूपमा अन्तर्राष्ट्रिय कोदो गोष्ठी एवं बृहत् कोदो प्रदर्शनी काठमाडौँमा गरिने भएको छ । अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष २०२३ को सन्दर्भमा पुस २ गते बृहत् कोदोजन्य बालीसम्बन्धी प्रदर्शनी तथा गोष्ठीको आयोजना हुन लागेको एफएओ नेपालका कार्यक्रमविज्ञ अरुण जिसीले जानकारी गराउनुभयो ।
‘कर्णाली उज्यालो योजनामा प्राधिकरण’
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण कर्णाली उज्यालो पार्ने अभियानमा जुटेको बताउनुभएको छ । कार्यकारी निर्देशक घिसिङसहितको टोलीले कर्णालीमा विद्युत् क्षेत्रमा गरिरहेको काम र आगामी योजनाका बारेमा जुम्लामा बोल्दै प्राथमिकतामा राखेको जनाइएको हो । जुम्ला पुगेर कार्यकारी निर्देशक घिसिङले कोहलपुर, सुर्खेत, दैलेख, कालीकोट हँुदै जुम्लासम्मको १३२ केभी क्षमताको विद्युत् प्रसारण लाइन अगाडि बढाइएको पनि जनाउनुभयो ।
सरकारले तिर्यो एकासी अर्ब ऋण
सरकारले चालु आर्थिक वर्षको चार महिनामा ८१ अर्ब रुपियाँभन्दा बढी ऋण तिरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कात्तिकसम्म सरकारले ८१ अर्ब ६४ करोड रुपियाँ बराबर ऋणको साँवा तथा ब्याज भुक्तानी गरेको हो । यसमध्ये सरकारले आन्तरिक ऋणबापतको ६५ अर्ब ४५ करोड रुपियाँ भुक्तान गरेको छ । भुक्तान भएमध्ये ४२ अर्ब ८४ करोड रुपियाँ साँवा र २२ अर्ब ६१ करोड रुपियाँ ब्याज रहेको छ ।
सुनको मूल्य एक लाख पच्चिस हजार पुग्ने अनुमान
स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेर प्रतितोला एक लाख १९ हजार तीन सय रुपियाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा परेको हो । मङ्गलबार प्रतितोला एक लाख १७ हजार सात सय रुपियाँ रहेको सुनको मूल्य बुधबार तोलामा एक हजार छ सय रुपियाँले बढेर एक लाख १९ हजार तीन रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
नेपाली कामदारलाई दक्षिण कोरियामा थपियो रोजगारी
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया सरकारले उत्पादनमूलकतर्फ थप दुई क्षेत्रमा नेपाली युवा लैजाने भएको छ । यसअघि कृषि र उत्पादनको उद्योग र सिप बिल्डिङतर्फ नेपाली श्रमिक लग्दै आएकामा अबदेखि थप निर्माण र सेवा सर्भिसका क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने भएको हो । वैदेशिक रोजगार विभाग इपिएस शाखाका अनुसार दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रको छनोट भाषा परीक्षाको आवेदन अबको एक महिनाभित्र आह्वान गर्ने छ । सो शाखाका निर्देशक गुरुदत्त सुवेदीले दक्षिण कोरियाले रोजगारीका लागि लैजाने नेपाली युवाको सङ्ख्या बढाउँदै लगेको र कोरियाका साना तथा मझौला उत्पादनमूलक क्षेत्रमा थप श्रमिक आवश्यक रहेको जनाउँदै भाषा परीक्षा सञ्चालन गरिने बताउनुभयो ।
डेढ अर्ब बिगो भराउन फैसला
दुई दशकअघि राष्ट्रिय वाणिज्य बैङ्कको कर्जा अपचलन गरी भ्रष्टाचार गरेको कसुरको मुद्दा सर्वोच्च अदालतले १२ वर्षपछि अन्तिम फैसला गरेको छ । मङ्गतुराम समूह आबद्ध नौ उद्योगले वाणिज्य बैङ्क रानी शाखा विराटनगरको २०६० सालअघि लिएको ऋण प्रकरणको टुङ्गो लागेको छ । सर्वोच्च अदालतको संयुक्त इजलासले मङ्सिर ७ गते विशेष अदालतको सुरु फैसला नै सदर गर्दै बैङ्कलाई हानि नोक्सानी पु¥याइएको एक अर्ब ३७ करोड ७१ लाख रुपियाँ असुल गर्न फैसला गरेको छ ।
एनसेलबाट अलग्गिँदै आजियटा
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको मुख्य लगानीकर्ता आजियटा समूह यसबाट अलग्गिने भएको छ । पाँच वर्षपछि दूरसञ्चार सेवाको अनुमतिपत्र नवीकरण र त्यसपछि सम्पत्ति व्यवस्थापनको विषयमा अन्योलमा रहेकै बेला उसले अलग्गिने निर्णय गरेको हो । विभिन्न देशमा सञ्चालनमा रहेका दूरसञ्चार सेवा प्रदायकको सन् २०२३ को तेस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गर्दै आजियटाले एनसेलबाट बाहिरिने निर्णय उल्लेख गरेको हो ।
जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर छैनः अर्थमन्त्री महत
अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर नरहेको बताउनुभएको छ। बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो।
आठौं पर्वतीय महोत्सव २२ गतेबाट
पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, रातोपैह्रामा आठौं संस्करणको महोत्सव मंसिर २२ गतेदेखि २६ गतेसम्म हुन लागेको हो ।
शेयर बजारको आम्दानीबाट कलेजको शुल्क तिर्दै विद्यार्थी
बाँकेका विभिन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीले शेयर बजारबाट आम्दानी गरेर शुल्क तिर्न थालेका छन् । खास गरी कलेजको व्यवस्थापन सङ्कायको स्नातक तहका विद्यार्थीले शेयरमा लगानी गरेर मनग्य आम्दानी गर्न थालेको उनीहरू बताउँछन् ।
कात्तिकमा घट्यो घरजग्गाको कारोबार
देशभर कात्तिक महिनामा घरजग्गा कारोबार घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेखालय विभागको तथ्याङ्क अनुसार असोजको तुलनामा कात्तिक महिनामा घरजग्गा कारोबार घटेको छ ।
सवारी कर्जामा नीतिगत कडाइ
अब हायर पर्चेज कर्जा प्रवाह गर्ने कम्पनीले आफ्नो नामको पछाडि हायर पर्चेज प्राइभेट लिमिटेड वा लिमिटेड अनिवार्य राख्नुपर्ने भएको छ । बैङ्क तथा वित्तीय संस्थाबाहेक हालसम्म राष्ट्र बैङ्कबाट हायर पर्चेजसम्बन्धी व्यवसायका लागि अनुमति लिएर १० वटा कम्पनीले काम गरिरहेका छन् । नेपाल राष्ट्र बैङ्कले सवारी कर्जा प्रवाह गर्ने कम्पनीहरूलाई नीतिगत कडाइ गर्दै नयाँ व्यवस्था गरेको हो । हायर पर्चेजसम्बन्धी व्यवसाय गर्ने कम्पनीमध्ये चार वटाले मात्रै हायर पर्चेज प्रालि राखेर सवारी कर्जा दिएका छन् । बाँकी छ वटा कम्पनीले इन्भेस्टमेन्ट कम्पनी भनेर नाम दर्ता गरी सवारी कर्जा दिइरहेका छन् ।
चार महिनामा दुई अर्बको अलैँची निर्यात
चालु आर्थिक वर्षको चार महिनामा दुई अर्ब रुपियाँभन्दा बढीको १७ लाख किलो अलैँची निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि कात्तिक महिनासम्म दुई अर्ब १५ करोड ६० लाख ९४ हजार रुपियाँ बराबरको १७ लाख ३७ हजार ११० किलो अलैँची निर्यात भएको हो । गत वर्ष सो अवधिमा एक अर्ब ९६ करोड २५ लाख ९३ हजार रुपियाँ बराबरको २४ लाख ४१ हजार १९९ किलो निर्यात भएको थियो । गत वर्षको चार महिनाको तुलनामा चालु आवको चार महिनामा अलैँची निर्यातमा १९ करोड रुपियाँले वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा माग बढेसँगै अलैँची निर्यात बढेको तथ्याङ्कले देखाएको छ ।
चाडपर्वलक्षित बजार अनुगमन जरिबाना सङ्कलनमा सीमित
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०८०/८१ मा गरेको दुईमहिने चाडपर्वलक्षित बजार अनुगमनमा अधिकांशमा कैफियत भेटिएको छ । विभागको नेतृत्वमा गएको असोज १ देखि कात्तिक ३० सम्म भएको चाडपर्वलक्षित संयुक्त बजार अनुगमनका क्रममा अधिकांशमा कैफियत भेटिएको हो । विभागका अनुसार गएको असोज १ देखि कात्तिक ३० सम्म एक हजार ५४ वटा व्यवसायी फर्मको अनुगमन भएकामा ११ वटा बाहेक अन्यमा केही न केही कैफियत भेटिएको छ ।
पोखरालाई पर्यटकीय राजधानी बनाउने तयारी
देशकै ठूलो महानगर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारीका लागि गण्डकी प्रदेश सरकारले अध्ययन समिति गठन गरेको छ।
निर्माण व्यवसायीको तीन अर्ब भुक्तानी
सरकारले गत आर्थिक वर्षमा काम सम्पन्न भएका आयोजनाको बाँकी रकम निर्माण व्यवसायीलाई भुक्तानी सुरु गरेको छ। सरकारले दसैँपछि अहिलेसम्म तीन अर्ब बराबर रकम भुक्तानी गरेको छ।
राजनीतिक अस्थिरता व्यावसायिक वातावरणको प्रमुख अवरोध
राजनीतिक अस्थिरतालाई नेपालको निजी क्षेत्रले व्यावसायिक वातावरणको अवरोधको मुख्य कारण मान्ने पाइएको छ । विश्व बैङ्कले हालै सार्वजनिक गरेको ‘इन्टरप्राइज सर्भेज २०२३’ को सर्वेक्षणले यस्तो नतिजा देखाएको हो । सर्वेक्षणमा सहभागी निजी क्षेत्रका संस्थामध्ये ४१.२ प्रतिशतले राजनीतिक अस्थिरतालाई व्यावसायिक वातावरणको सबैभन्दा ठुलो अवरोध मान्ने तथ्य फेला परेको हो । राजनीतिक स्थिरतापछि निजी क्षेत्रले वित्तीय पहुँच र करको दरलाई अर्को व्यावसायिक वातावरणको अवरोधक मानेका छन् । सर्वेक्षण अनुसार यस्तो प्रतिक्रिया दिनेमा समान ११.९ प्रतिशत संस्था छन् ।
स्याङ्जामा व्यावसायिक आलु खेती
स्याङ्जामा उत्पादन हुने आलु अब औद्योगिक प्रयोजनका लागि प्रयोग हुने भएको छ । सात स्थानीय तहका २६ समूहका कृषकले कम्पनीसँग किन्ने ग्यारेन्टी गरेर लगाउने प्रक्रिया अगाडि बढाएसँगै यहाँको आलु औद्योगिक प्रयोजनमा प्रयोग हुने पक्का भएको हो । यहाँ कृषि ज्ञान केन्द्रको ‘समुदायस्तरमा प्रशोधनयोग्य आलु प्रवर्धन कार्यक्रम’ अन्तर्गत आलु रोप्ने काम थालिएको हो । यहाँ उत्पादन हुने आलुबाट फस्र्ट च्वाइस फुड्स प्रालि भैरहवाले चिप्स, फ्रेन्च फ्राई र टिकिया बनाउने छ ।
वैदेशिक रोजगारलाई कोषमा नियमित बनाउन निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले औपचारिक, वैदेशिक रोजगार तथा स्वरोजगार र अनौपचारिक क्षेत्रमा कार्यरत सबै श्रमिकलाई कोषको योजनामा क्रमशः आबद्ध गर्ने योजनासहित अगाडि बढेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “कोषमा हालसम्म आबद्धता भएको सङ्ख्या सन्तोषजनक छैन । त्यसैले यसको प्रभावकारी कार्यान्वयनमा सरकारका तर्फबाट निरन्तर जोड रहिरहन्छ ।” छैटौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सामाजिक सुरक्षा योजनामा सबै क्षेत्रका श्रमिक आबद्धता गराउने बताउनुभएको हो ।
वसन्तपुर सबस्टेसन सञ्चालन
कोशी कोरिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजना अन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले समुद्री सतहबाट दुई हजार ४५० मि. उचाइमा निर्माण गरेको २२०/१३२/३३ केभी क्षमताको वसन्तपुर सबस्टेसन आइतबार चार्ज गरी सञ्चालनमा ल्याएको छ । आयोजना अन्तर्गत नै सुनसरीको इनरुवा र सङ्खुवासभाको तुम्लिङटार तथा बानेश्वर २२० केभी सबस्टेसन गत वर्षको साउनबाटै सञ्चालित छन् । सबस्टेसनहरू निर्माणका लागि भारतीय कम्पनी एल एन्ड टीसँग २०७५ असारमा दुई करोड ६१ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो ।
सुनको मूल्यमा नयाँ रेकर्ड कायम
स्थानीय बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य बढेर प्रतितोला एक लाख १७ हजार चार सय रुपियाँ नाघेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार प्रतितोला एक लाख १६ हजार नौ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य सोमबार तोलामा पाँच सय रुपियाँ बढेर एक लाख १७ हजार चार सय रुपियाँमा कारोबार भएको हो । मङ्सिर महिनामा विवाहको लगनको सिजनको भए पनि सुनको कारोबार भने बढ्न नसकेको व्यवसायीको भनाइ छ । त्यसमा सुनको मूल्य उच्च हुनु पनि कारक तत्व बनेको छ । सुनको मूल्य उच्च हुँदा माग बढ्न सकेको देखिँदैन ।
कर्णाली सरकारकाे बजेट कार्यान्वयन विगतको तुलनामा कमजोर
कर्णाली प्रदेश सरकारकाे बजेट कार्यान्वयन विगतको तुलनामा कमजोर बनेको छ । चालु आर्थिक वर्ष (२०८०–०८१) मा सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपियाँ बजेट विनियोजन गरेको थियो ।
वसन्तपुर सबस्टेसन सञ्चालनमा
पूर्वी नेपालको बिजुली प्रवाहका लागि महत्वपूर्ण मानिएको कोशी करिडोर दुई सय २० किलोभोल्ट प्रसारण लाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ ।
तरकारीले बजार नपाउँदा किसान चिन्तित
तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् ।