यारी भन्सार कार्यालय बन्द
नेपाल र चीनको सिमानामा स्थापना भएको यारी नाका भन्सार कार्यालय बन्द भएको छ । कार्यालय प्रमुख काठमाडौँ गएर बसेका छन् भने चीनको ताक्लाकोटबाट सामानहरू आई रहेको भए पनि कार्यालय बन्द गरिएको छ ।
आश्रित परिवारले पाए एक लाखसम्म पेन्सन
योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका आश्रित परिवारले मासिक एक लाख रुपियाँसम्म पेन्सन लिन थालेका छन् । सामाजिक सुरक्षा कोषले कोषको योजनामा आबद्ध भएर योगदान गरिरहेका बेला विभिन्न कारणले मृत्यु भएका ४१४ योगदानकर्ताका आश्रित परिवारलाई चार हजारदेखि ९९ हजार ६२५ रुपियाँसम्म निवृत्तिभरण वितरण गर्दै आएको छ । कोषका अनुसार बालाजु ग्रुप अफ कम्पनीमा कार्यरत सन्तोष मेट्रु र अक्सफाम जिबी नेपालमा कार्यरत सुवास न्यौपानेको मृत्युपछि उहाँहरू आश्रित परिवार श्रीमती र सन्ततिले गरेर मासिक त्यो बराबरको रकम निवृत्तिभरणका रूपमा प्राप्त गर्दै आउनुभएको छ ।
स्वदेशी र विदेशी लगानी आकर्षित गर्न लगानी सम्मेलन : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वदेशी, गैरआवासीय नेपाली (एनआरएनए) र विदेशी लगानीकर्तालाई आकर्षित गर्न लगानी सम्मेलन आयोजना गर्न लागिएको बताउनुभएको छ।
तेस्रो लगानी सम्मेलन गर्ने सरकारको घोषणा
सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको छ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।
गाउँको पाखोबारीमा चियाखेती
बसाइसाइले गाउँ रित्तिन थालेपछि बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा स्थानीयवासीले चियाखेती गर्ने योजना बनाएर वनमाराले ढाकेको खेतीयोग्य पाखोबारीमा चियाका बिरुवा लगाएका छन् ।
रसिलो सुन्तला किसानका अमिलो व्यथा
बेँसीशहर नगरपालिका–११ स्याउत गाउँका सुरेशबाबु पाण्डेले करिब २० वर्ष अघिदेखि चार सय रोपनी जमिनमा सुन्तलाखेती गर्दै आउनुभएको थियो। उहाँको बारीमा पाँच सय बोटका सुन्तलाले बर्सेनि रु तीन लाखदेखि रु पाँच लाखसम्म आम्दानी हुने गर्दथ्यो ।
भारतले कम गुणस्तरको चिनी दिने भएपछि २५ हजार टन खरिद प्रक्रिया रोकियाे
भारतले नेपाललाई जी–टु–जी प्रक्रियाअनुसार तिहार अघि नै २५ हजार टन चिनी उपलब्ध गराउने भने पनि अहिलेसम्म उक्त परिणामको चिनी नेपाल आएको छैन । नेपालमा चिनी अभाव भएपछि सरकारले भारतीय दूतावासमार्फत कूटनीतिक पहलमा भारत सरकारसँग चिनी उपलब्ध गराइदिन आग्रह गरेको थियो ।
सेवानिवृत्त कृषि अधिकृतको सुन्तला पौरख
तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोक निवासी रामबहादुर थापा पछिल्लो समय सुन्तला खेतीमा व्यस्त हुनुहुन्छ । कृषि प्रसार अधिकृतका रूपमा सेवानिवृत्त भएदेखि उहाँ पूर्णरूपमा यस खेतीमा लागिरहनुभएको छ ।
औद्योगिक क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मुलुकको औद्योगिक क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ । नवौँ उद्योग दिवसका अवसरमा शनिबार उद्योग विभागले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री रिजालले औद्योगिक क्रान्तिमार्फत मुलुकलाई समृद्धिमा लैजान उद्योगी व्यवसायीलाई अगाडि बढाउनुपर्ने बताउनुभएको हो । “औद्योगिक समृद्धि उद्योगी व्यापारीले दिने हो, परम्परागत सोच राखेर काम गर्ने हो भने मुलुक बन्दैन,” उहाँले भन्नुभयो, “आर्थिक मन्दीको कारणले उद्योग व्यवसायमा समस्या होला तर उद्योगीहरू निराश हुनु पर्दैन ।” मन्त्री रिजालले अर्थतन्त्रमा देखिएको समस्या समाधान कसरी गर्ने भन्ने विषयमा छलफल गर्नुपर्ने बताउनुभयो ।
श्रीलङ्का टापुमा जनावरहरूको बन्ध्याकरण
सुनसरीको श्रीलङ्का टप्पुमा पशु तथा जनावरहरूको बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । आन्तरिक तथा बाह्य परजीवी नियन्त्रण कार्यक्रम अन्तर्गत पशु तथा जनावरहरूको बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो ।
कोशी प्रदेशमा बजेट प्रतिस्थापन विधेयक पेस
कोशी प्रदेश सरकारले शनिबार अध्यादेशबाट ल्याएको बजेटमा केही परिमार्जन गरी प्रतिस्थापन विधेयक प्रदेश सभामा प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्रीसमेतको जिम्मेवारीमा रहनुभएका मुख्यमन्त्री केदार कार्कीले प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुभएको हो । संसदीय गठजोडको समस्याका कारण प्रदेश सभा बस्न नसकेका बेला गएको भदौमा कोशी प्रदेश सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्न शनिबार प्रदेश सभामा प्रतिस्थापन विधेयक पेस गरेको हो । तत्कालीन प्रदेश प्रमुख हिक्मत कार्कीको नेतृत्वमा भदौ २२ गते प्रदेश सरकार गठन भएलगत्तै बसेको पहिलो मन्त्रीपरिषद्ले अध्यादेश बजेट जारी गरेको थियो ।
कर्णालीको बजेट : पहिलो चौमासिकमै निराशाजनक
कर्णाली प्रदेशमा विगतमा जस्तै यो वर्ष पनि बजेट कार्यान्वयनको गति सुस्त देखिएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा कर्णाली प्रदेश सरकारले अपेक्षित बजेट खर्च गर्न सकेन । बरु विगतको तुलनामा अझ कमजोर देखिएको छ । आव २०८०/८१ का लागि सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख सात हजार रुपियाँ बराबरको बजेट विनियोजन गरेको छ । बजेट कार्यान्वयनको सुरुवाती चार महिनामा ७.११ प्रतिशत मात्रै खर्च भएको छ । गत आवमा सरकारले यही अवधिमा ७.६३ प्रतिशत रकम कार्यान्वयन गरेको थियो ।
कोशीमा प्रतिस्थापन विधेयकः प्रदेशको बजेट ३६ अर्ब ७४ करोड पुग्यो
कोशी प्रदेश सरकारले शनिबार अध्यादेशबाट ल्याएको बजेटमा केही परिमार्जन गरी प्रतिस्थापन विधेयक प्रदेश सभामा प्रस्तुत गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारीमा रहनुभएका मुख्यमन्त्री केदार कार्कीले प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुभएको हो।
साताको शेयर बजार : आठ अङ्कको सुधार
तिहार र छठपछि खुलेको शेयर बजारमा पहिलो साताको कारोबार अवस्था हेर्दा सुधारको सङ्केत देखिएको छ । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आठ दशमलव ११ अङ्कले बढेर एक हजार आठ सय ६० दशमलव २० को बिन्दुमा कायम भएको छ ।
मुक्तिनाथ कृषि कम्पनीको आइपिओ
मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर जारी गरेको छ । कम्पनीले शुक्रबारदेखि प्राथमिक सेयर (आइपिओ) को आवेदन खुला गरेको हो । कम्पनीले जारी पुँजी ७० करोड रुपियाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । कर्मचारी, वैदेशिक रोजगारमा गएका नेपाली नागरिक तथा सामूहिक लगानी कोषका लागि छुट्याएपछि सर्वसाधारणका लागि कुल ११ लाख ४८ हजार कित्ता सेयर जारी हुन लागेको कम्पनीले जनाएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइएमबिएस क्यापिटल रहेको छ । आइपिओमा मङ्सिर १२ गते ५ बजेसम्म आवेदन दिन सकिने छ ।
अदक्ष नेपाली विदेशतिर दक्ष विदेशी नेपालमा
औसतमा दैनिक एक हजार पाँच सय नेपाली युवा रोजगारीको खोजीमा विदेश गइरहेका बेला नेपालमा भने विदेशी दक्ष जनशक्ति आएर काम गरिरहेका छन् । नेपालबाट रोजगारीकै लागि श्रम स्वीकृति लिएर बिदेसिने युवाको ठुलो सङ्ख्या अदक्ष जनशक्ति हो । यसबाहेक सानो सङ्ख्यामा दक्ष जनशक्ति पनि बाहिरिने गरेका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा सरकारले ६९० विदेशी नागरिकलाई काम गर्ने अनुमति (श्रम स्वीकृति) दिएको छ । नेपालमा दक्ष जनशक्ति नपाएको अवस्थामा विदेशी राख्न पाउने कानुनी व्यवस्था छ । नेपालमा खास गरी विदेशी लगानीमा निर्माण भइरहेका परियोजनामा काम गर्न विदेशी आउने गरेका छन् ।
चार महिनामा तेह्र अर्बको खाद्यान्न आयात
चालु आर्थिक वर्षको चार महिनामा १३ अर्ब रुपियाँ बराबरको खाद्यान्न (चामल, मकै, गहुँ, कोदो, जौ र फापर) आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चार महिनामा १३ अर्ब १६ करोड ४१ लाख ७० हजार रुपियाँको खाद्यान्न आयात भएको हो । अघिल्लो वर्ष सो अवधिमा ११ अर्ब ८३ करोड ७९ लाख १९ हजार रुपियाँको खाद्यान्न आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा खाद्यान्न आयात बढेको छ । गत वर्ष सरकारले आयातमा कडाइ गरेका कारणले खाद्यान्नको आयातमा गिरावट आएको थियो । चालु आवको चार महिनामा तीन अर्ब १५ करोड १७ लाख ८९ हजार रुपियाँको ८३ लाख २५७ केजी चामल आयात भएको छ ।
टोखा–छहरे सुरुङ मार्ग बन्छ : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा र रोजगारीका लागि विदेश जान नपर्ने वातावरण नेपालमै सिर्जना भइरहेको बताउनुभएको छ ।
सरकारद्वारा मनिप्लान्ट सहकारी सम्मानित
आन्तरिक राजस्व कार्यालयले मनिप्लान्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई ०७८–७९ मा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा सम्मान गरेको छ।
एभरेष्ट बैंकको टोखा शाखा उद्घाटन
एभरेष्ट बैंक लिमिटेडले टोखा नगरपालिका ६ मा १२८ औं शाखा खोलेको छ। शुक्रबार बैंकका सञ्चालक समिति अध्यक्ष डा. बालगोपाल वैद्यले टोखा नगरपालिका वडा नं. ६, नयाँ शाखाको उद्घाटन गर्नुभएको हो।
म्याग्दीमा स्थानीय जातका धानको उत्पादन बढ्यो
म्याग्दीको मङ्गला गाउँपालिका–२ रणबाङका हरिकृष्ण पौडेलले यस वर्ष १७ मुरी स्थानीय जातका गौरिया र गुडुरा धान भित्र्याउनुभयो । सोही गाउँपालिकाको वडा नं ५ छिसबाङका विकल सेनले पनि गत वर्षकोभन्दा दुई मुरी बढी गौरिया धान थन्क्याउनुभयो ।
एसियाली विकास बैंकसँग १३ अर्ब ३३ करोड बराबरको ऋण सम्झौता
सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच रु १३ अर्ब ३३ करोड (अमेरिकी डलर १० करोडं बराबर सहुलियतपूर्ण ऋण सम्झौता भएको छ ।
झापामा फल्यो ८१ प्रजातिको रैथाने धान
झापाको कञ्चन जैविक विविधता संरक्षण तथा विकास समितिले रैथाने धानको ८१ प्रजातिलाई एउटै खेतमा फलाएको छ । शिवसताक्षी नगरपालिका–७ को चन्द्रडाँगीमा समितिले भाडामा लिएको दुई कठ्ठा जग्गामा ती धान फलेका छन् ।
भूकम्प प्रभावितलाई निःशुल्क विद्युत् मिटर उपलब्ध गराइने
जाजरकोट भूकम्प प्रभावितलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निःशुल्क विद्युत् मिटर उपलब्ध गराउने भएको छ ।