• ११ मंसिर २०८१, मङ्गलबार

एभरेष्ट बैंकको टोखा शाखा उद्घाटन

blog

काठमाडौं, मङ्सिर ८ गते। एभरेष्ट बैंक लिमिटेडले टोखा नगरपालिका ६ मा १२८ औं शाखा खोलेको छ। शुक्रबार बैंकका सञ्चालक समिति अध्यक्ष डा. बालगोपाल वैद्यले टोखा नगरपालिका वडा नं. ६, नयाँ शाखाको उद्घाटन गर्नुभएको हो। 

उक्त शाखाको उद्घाटन अध्यक्ष वैद्य र टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङले संयुक्त रुपमा गर्नुभएको हो।

 कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका कार्यकारी सदस्य कृष्णमान श्रेष्ठ, टोखा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष शान्ता खनाल पौडेल, बैंकका नायब महाप्रबन्धक केशवराज पौडेल, बाग्मती प्रदेश प्रमुख सन्तोषकुमार भट्टराई, बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो। 

योसँगै बाग्मती प्रदेशमा बैंकको शाखा संख्या ४६ पुगको छ भने काठमाडौं उपत्यकामा ३६ पुगेको छ।