तिहारमा पैँतालिस करोडको झिलिमिली बत्ती आयात
यो वर्षको तिहारमा बजारमा साढे ४५ करोड रुपियाँ बराबरको बिजुलीका झिलिमिली बत्ति आयात भएको छ । उज्यालोको पर्व तिहारमा झिलिमिली बत्तीको माग धेरै हुने हुँदा त्यति रकम बराबरको आयात भएको हो । नेपाल विद्युतीय व्यवसायी महासङ्घका अनुसार झिलिमिली बत्तीको कुल वार्षिक कारोबारमध्ये झन्डै ८५ प्रतिशत तिहारमा हुने गर्छ । छठ, क्रिसमस, नयाँ वर्ष, राष्ट्रिय पर्व उत्सव, बिहे व्रतबन्धजस्ता शुभकार्यमा सजावटका लागि प्रयोग हुने जनाएको छ ।
बजेटको घोषणामा न्यून प्रगति
निजी क्षेत्र र अर्थतन्त्रसँग सम्बन्धित बजेटमा गरिएका व्यवस्थामा अत्यन्त न्यून प्रगति भएको पाइएको छ । नेपाल उद्योग परिसङ्घ (सिएनआई) ले गरेको बजेट वाच अन्तर्गत आर्थिक वर्ष २०७९/८० को अध्ययनले निजी क्षेत्र र अर्थतन्त्रसँग सम्बन्धित बुँदाका ६२ बुँदे घोषणामध्ये ३५ प्रतिशत (२२ बुँदा) मा शून्य प्रगति देखिएको हो । बजेटमा व्यवस्था भएका यससम्बन्धी व्यवस्थामध्ये पूर्ण कार्यान्वयन भएका बुँदा ११ मात्र (१८ प्रतिशत) मात्र रहेको पनि परिसङ्घले उल्लेख गरेको छ । २९ वटा बुँदामा भने आंशिक मात्र कार्यान्वयन भएको बजेट वाचको अध्ययनमा देखिएको छ । यो करिब ४७ प्रतिशत हो ।
कोशी प्रदेशमा दूधको मूल्य प्रतिलिटर १० रुपियाँ घट्यो
डेरी उद्योगले फ्याटयुक्त भएको दूधको मूल्य प्रतिलिटर १० रुपियाँ घटाउने निर्णय गरेका हुन्।उत्पादन अनुसार बजार नपाएपछि दूध तथा दूधबाट बनेका सबै वस्तुको मूल्य घटाउने निर्णय गरेका हुन्।
धनगढीमा पाँच बिघामा व्यावसायिक फूल खेती
कैलालीको धनगढीमा पाँच बिघा जमिनमा व्यावसायिक फूल खेती गरिएको छ। चाडपर्वमा हुने प्लाष्टिक मालाको प्रयोग रोक्ने र स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यका साथ नगर क्षेत्रको विभिन्न स्थानमा फूल खेती गरिएको हो।
ऋणमाथि ऋणकै भारी
आठबिसकोट नगरपालिका–११, चौरका ३४ वर्षीय डिल्लीबहादुर विकले चार वर्षअघि सात लाख खर्च गरेर बनाएको घर भूकम्पले चिरैचिरा बनाइदियो । भारतको कमाई र ऋण सापट गरी बनाएको घर बस्नै नहुने बनाएपछि दाउरा राख्न बनाइएको कटेरोमा बस्दै आएका डिल्लीबहादुरलाई चिन्ता छ, अब घर कसरी बनाउने ? उहाँले भन्नुभयो, “घर बनाएको ऋण तिरेकै छैन, भूकम्पले फेरि ऋण बढायो । अब ऋण तिर्न कालापहाड जानुको विकल्प छैन ।”उहाँका अनुसार, बाहिरबाट हेर्दा घर केही नभएको जस्तो छ । देख्दा चिटिक्क छ तर घरको चारैतिर भूकम्पले चिरा परेको छ । स्थानीय ५२ वर्षीय कोमल खत्रीका छोराले नौ लाख खर्च गरी बनाएको घरको ऋण तिर्न भारततिरै कमाई गर्दै छन् । घर बनाएको ऋण तिरिनसक्दै अर्को घर बनाउनुपर्ने बाध्यता खत्रीलाई आएको छ । उहाँले भन्नुभयो, “घर कसरी बनाउने, ऋण कसरी तिर्ने ? भ
कैलालीमा धान खरिद सुरु
कैलालीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीले किसानको धान खरिद कार्य सुरु गरेको छ । कम्पनीले जिल्लाको तीन ठाउँमा काँटा लगाएर किसानको धान खरिद गर्न थालेको हो । धनगढीको मोहनपुर, टीकापुर नगरपालिकाको टीकापुर र भजनी नगरपालिकाको भजनीबाट कम्पनीले किसानको धान खरिद गरिरहेको प्रमुख इन्जिला बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “कात्तिक १९ गतेबाटै किसानको धान खरिद गर्ने कार्य सुरु भएको हो । यो वर्ष हामीले गत वर्ष तुलनामा एक महिनाअघिबाटै धान खरिद गरिरहेका छौँ ।”
धान थन्काउँदै किसान
तनहुँको भानु नगरपालिका–८ बलेफाँँटमा किसानलाई धान भित्र्याउने चटारो । जिल्लाका भानुका चुदीफाँट, बलेफाँट, व्यासको साँगेफाँट, रिस्तीफाँटलगायतका क्षेत्रमा पाकेका धान भित्र्याउन व्यस्त छन् ।
हुम्लाबाट अल्लोको लोक्ता र धागो निकासी
हिमाली जिल्ला हुम्लाबाट पहिलो पटक अल्लोको लोक्ता र धागो निकासी गर्न उद्यमी सफल हुनुभएको छ । त्यसै खेर गएको अल्लोलाई प्रशोधन गरेर अदानचुली गाउँपालिका–४ को मण्डाल्नी अल्लो कपडा उद्योगले ती सामग्री निकासी गर्न सफल भएर आर्थिक उपार्जनसमेत गरेको हो । उद्योगकी सञ्चालन प्याउरा जैसीले पहिलो पटक नौ लाख मूल्यको अल्लोको लोक्ता र धागो प्रशोधन गरेर सुर्खेत निकासी गर्न सफल भएको बताउनुभयो । उहाँले वनमा खेर गएको अल्लो सङ्कलन गरेर गाउँमै स्थापना भएको प्रशोधन उद्योगबाट धागो निकाल्ने र सुर्खेतमा निकासी गर्ने गरिएको बताउनुभयो ।
अन्यत्रबाट पैठारी हुने फूलको जिम्मेवारी क्वारेन्टाइनले नलिने
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले अनधिकृत रूपमा अन्यत्रबाट पैठारी हुने सामग्रीको जिम्मेवारी लिन नसक्ने स्पष्ट पारेको छ । क्वारेन्टाइनले फूल आयातका लागि इजाजत दिएको भनि फूल व्यवसायीबाट कृषि मन्त्रालयसम्म गुनासो पु¥याएपछि क्वारेन्टाइनले सो कुरा स्पष्ट पारेको हो । क्वारेन्टाइनले विज्ञप्ति जारी गरी राज्यले पैठारी निषेध नगरेका कुनै पनि बिरुवा तथा बिरुवाजन्य उपजहरूको बिरुवा क्वारेन्टाइन तथा संरक्षण ऐन, २०६४ र नियमावली, २०६६ मा भएको व्यवस्था अनुरूप तोकिएको प्रक्रिया पु¥याएर पैठारी गर्न पाउने व्यवस्था रहेको उल्लेख गरेको छ ।