• १२ साउन २०८१, शनिबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित घले पक्राउ

blog

सुन सहित विमानस्थलमा पक्राउ परेका चन्द्र घले । तस्बिर सौजन्य: नेपाल प्रहरी

काठमाडौँ, मङ्सिर २२ गते । 

बिहीबार राती दुबई फ्लाइटबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ आएका गोरखा वारपाकका चन्द्र घले करिब १४ किलो सुनसहित पक्राउ परेका छन् । 

विमानस्थलका प्रहरी र भन्सार कार्यालयका कर्मचारीको टोलीले घलेलाई सुनसहित पक्राउ गरेको हो । 

नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुबेर कडायतका अनुसार गोरखा वारपाकका चन्द्र घले सुनसहित जहाजबाट अवतरण हुने क्रममा पक्राउ परेका हुन । 

डिआइजी कडायतका अनुसार सुनसहित पक्राउ परेका घलेलाई भन्सार विभागमा थप कारबाहीका लागि बुझाई सकिएको छ । 

शरीरमा सुन लुकाएर ल्याएको अवस्थामा घले पक्राउ परेको जानकारी प्रहरीले दिएको छ ।