• १४ मंसिर २०८१, शुक्रबार

एनसेल जस्ता प्रकरण दोहोरिन दिनु हुँदैनः पूर्व अर्थमन्त्री कार्की

blog

नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री ज्ञानेन्द्रबहादुर कार्की । फाइल तस्बिर

काठमाडौं, मङ्सिर २० गते। पूर्व अर्थमन्त्री एवम् नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले एनसेलको शेयर खरिद प्रकरण जस्ता घटना दोहोरिन दिन नहुने बताउनुभएको छ। 

बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै पूर्व अर्थमन्त्रीसमेत रहनुभएका कार्कीले एनसेलको विषय गम्भीर भएको भन्दै आगामी दिनमा नदोहोरीने गरी त्यहाँका समस्या सधैँका लागि अन्त्य गर्नुपर्ने बताउनुभएको होे। 

उहाँले लगानीमैत्री वातावरण र सन्तुलित आर्थिक विकास बिना मुलुक समृद्धिको दिशामा जान नसक्ने बताउनुभयो। उहाँले भावनामा बगेर कुरा गरेर मात्रै पनि मुलुकको आर्थिक विकास हुन नसक्ने बताउनुभयो। उहाँले आन्तरिक उद्योग र वैदेशिक लगानीलाई संरक्षण गर्ने नीतिलाई प्रमुख प्राथमिकतामा राख्न आवश्यक रहेको बताउनुभयो।  

समितिको बैठकमा नेपाली कांग्रेसका सांसद दीपक खड्काले कानुनी छिद्रताको प्रयोग गरी शेयर खरिदबिक्री गरेकाले कर्मचारीलाई मात्रै दोष लगाएर नहुने बताउनुभयो। उहाँले नेपालको कानुन निरीह हुँदा अर्थतन्त्र माफियाको हातमा रहेको आरोप लगाउनुभयो। सांसद खड्काले पनि नेपालमा लगानीको वातावरण नभएको भन्ने आजियटाको भनाइप्रति आपत्ति जनाउनुभयो।

बैठकमा अधिकांश सांसदले आजियटाको सीईओले नेपालमा वैदेशिक लगानीको वातावरण छैन भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। उनीहरुले कुनै कम्पनीले नेपालमा वैदेशिक लगानीको वातावरण छैन भन्ने प्रचार गर्नु गम्भीर रूपमा लिन आवश्यक रहेको उल्लेख गरे।