काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा नेपालभाषा एकेडेमीले नेवाः सांस्कृतिक ज्ञानकोश प्रकाशन गर्ने भएको छ ।
चाडपर्वमा सवारी दुर्घटनाको जोखिम कम गर्न ट्राफिक प्रहरी सक्रिय रहेको छ । त्यसकालागि आज यातायात व्यवसायीबीच अन्तरक्रिया गरेको छ ।
कर्णाली प्रदेश सरकारका भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले पोषण तत्वयुक्त रैथाने बाली उत्पादन हुने कर्णाली प्रदेशमा अन्य प्रदेशका तुलनामा कुपोषित मानिस धेरै हुनु दखद भएको बताउनुभएको छ । पहिलो पटक हुम्लामा अन्तर्राष्ट्रिय कोदो दिवस मनाउने कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मन्त्री शर्माले सो कुरा बताउनुभएको हो ।
बैंकिङ कसूर मुद्दामा जरिवाना तोकिइ फरार रहेका तिर्थ किस्मत चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
चन्द्र पन्दाकताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवामा रहेको फुङ्फुङगे झरना आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ । हरियाली वनजङ्गल र पहराको बिचबाट झर्ने फुङ्फुङगे झरना आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको हो ।यतिबेला स्वच्छ, सफा र आकर्षक झरनाले पर्यटकलाई आकर्षित गराएको छ । पछिल्लो समय प्रचार–प्रसारसँगै फेसबुक, टिकटक, यु–ट्युवजस्ता सामाजिक सञ्जालमा फुङ्फुङगे झरनासम्बन्धी तस्बिर तथा भिडियोहरु पोष्ट हुन थालेपछि पर्यटकहरु अझ आकर्षित भएका छन् ।स्थानीय विजय साँबा लिम्बूका अनुसार अहिले दिनहुँजसो पर्यटकहरु फुङ्फुङगे झरनाको भ्रमणमा पुग्न थालेका छन् । कुनै–कुनै दिन झरनाको भ्रमणमा पुग्ने पर्यटकहरुको निकै भीड हुने गरेको लिम्बूले जानकारी दिनुभयो । फुङ्फुङगे झरनाको भ्रमण गर्नेमा अधिकांस आन्तरिक पर्यटक रहेका छन् भने कुनैबेला विदेशी पर्यटकसमेत पुग्ने गरेका छन् । सरकारले एकसय पर्यटकीय गन्तव्यमा सूचिकृत गरेको फुङ्फुङगे झरनालाई जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि निरन्तर पहल प्रयत्न पनि भइरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय सरकारले पर्यटन प्रवद्र्धनको योजना अन्तर्गत बजेटहरु खर्चिन सुरु गरेकाले पनि झरना पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु लामाले बताउनुभयो । उहाँकाअनुसार झरनाको सौन्दर्यीकरणका रुपमा पदमार्गको स्तरोन्नति, विश्रामलय निर्माणजस्ता क्रियाकलापले पर्यटकको उपस्थितिका लागि सहयोग पुगेको छ । अझ सडक मार्गमार्फत नै सदरमुकाम फुङ्लिङदेखि फुङ्फुङगे झरना स्थलसम्म पर्यटकको यात्रा सहज बनाउन सडक स्तरोन्नतिको योजना पनि बनिरहेको उहाँले जानकारी दिनुभयो । चालू आर्थिक वर्षका लागि सङ्घीय सरकारबाट झरनाको सौन्दर्यिकरण योजनामा एक करोड रुपियाँ बजेटसमेत विनियोजन भएको बताइएको छ । उक्त पर्यटन प्रवद्र्धनसँग सम्बन्धित बजेट तथा योजना कार्यान्वयनपछि फुङ्फुङगे झरना जिल्लाको एक मुख्य पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुनेमा आफू विश्वस्त रहेको मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की बताउनुहुन्छ ।हाल झरना पुग्नलाई कच्ची सडक भए पनि सदरमुकाम फुङ्लिङदेखि बिहान गएर बेलुका फर्कन सकिन्छ । झरना क्षेत्रमा नै बस्न चाहाने पर्यटकका लागि तेम्बा सामुदायिक होमस्टे (घरबास) सेवा सञ्चालनमा आएको छ भने क्रमशः अन्य होटलहरु पनि सञ्चालनमा ल्याउन सुरु गरिएको छ ।
अनिल पराजुलीहेटौँडा, असोज १९ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले जनताले न्याय पाउनेगरि आफ्नो पार्टीले काम गर्ने बताउनुभएको छ । पूर्वबाट सुरु भएको (मेची–महाकाली) समाजवादी जागरण अभियानको क्रममा बागमती प्रदेशको राजधानी हेटौँडाको सिमाचोकमा शुक्रवार भएको सभालाई सम्बोधन गर्दै उहाँले गरिब, विपन्न र न्यायको पक्षमा पार्टी सधैं अंग्रपत्तिमा रहेको बताउनु भयो । जनताका पीरमर्का, अन्याय अत्याचार, गरिवी, अभाव र बेरोजगारीका समस्याहरुलाई सम्बोधन गरेर जनताको जीवनलाई समृद्ध सुखी बनाउन सकिने तथा सुशासन, भ्रष्टाचार निवारण, ढिलासुस्तीलाई अन्त्य गरेमात्रै जनताले न्याय र समानताको महशुस गर्न सक्ने धारणा व्यक्त गर्नुभयो । किसान र कृषि क्षेत्रका समस्यालाई समाधानगर्दै कृषिमा आमूल परिर्वतन गर्नुपर्ने पार्टीको धारणा रहेको उहाँले जिकिर गर्नुभयो । हामीसँग जग्गा, जमिन र पानीको सुविधा, सीप प¥र्याप्त छ, उहाँले भन्नुभयो–“राज्यले पूँजीको व्यवस्था, प्राविधिक सहयोग र वजार व्यवस्थापन गर्न सके नेपाल कृषिमा आत्मनिर्भर हुनुका साथैं निर्यात गर्न सक्ने अवस्थामा देशलाई पु¥याउन सकिन्छ ।” हिमाल र नदिनालाको पानी विदेशमा बिक्री र बिजुली निकालेर आम्दानी गर्न सकिने जिकिर गर्दै उहाँले देश प्राकृतिक रुपमा धनी रहेको र पर्यटनबाट पनि लाभ लिन सकिने तर्क गर्नुभयो । जनतासँगको सम्बन्ध नङ्ग मासु जस्तै बनाउँन, उहाँहरुसँग जोड्नि र पार्टीलाई स्थापित गर्नका लागि अभियान लिएर आएको बताउँदै उहाँले जनहितका पक्षमा उभिएर पार्टी न्यायको पक्षमा रहने स्पष्ट पार्नुभयो । उहाँले सरकारमा रहेको बेला जनताको पक्षमा विविध काम गरेको स्मरण गर्दै जनता आवास कार्यक्रमको योजना, निर्माणाधिन काठमाडौंलाई तराईसँग जोड्ने फाष्टट्¥याकको शिलान्यास, निजगढमा अन्र्तराष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्छ भनेर आवाज उठाउने काम गरेको स्मरण गर्दै विकासको अभियान चलाएको बताउनुभयो । जनताको साथीको रुपमा पार्टी अगाडि बढेको छ, जनताको समस्या समाधान गर्न सकिन्छ, देशलाई राम्रो बाटोमा लान पार्टी सधैं तयार रहेको छ । समाजवादी जागरणको माध्यमबाट रोजगारी, सुशासन र समृद्धिको बाटोमा मुलुकलाई अघि बढाउन आफ्नो पार्टीले ‘मेची–महाकाली जागरण अभियान तथा संगठन विस्तार’ कार्यक्रम गरेको बताउनुभयो ।
ललिता साहसप्तरी, अशोज १९गते। हिन्दू पात्रो अनुसार असोज महिनाको कृष्ण पक्षको अष्टमीदेखि नवमी तिथीसम्म मनाइने जितिया पर्व बिहीबारदेखि सुरु भएर शनिबार सम्पन्न भएको छ ।ज्यातिषशास्त्र अनुसार हिन्दू धर्ममा महिलाहरूले सन्तानको दीर्घायु र समृद्धिका लागि जितिया व्रत बस्ने गर्दछ। यो व्रत सन्तान प्राप्तिकालागी मात्र नभई सन्तानलाई दुःख, पीडा र समस्याबाट बचाउँनेछ भन्ने आस्था रहँदै आएकोले अर्को शब्दमा जितियालाई जीवितपुत्रिका व्रत पनि भनिन्छ ।महिलाहरु व्रतको विधि पालना गर्दै विहिवार नजिकैको पोखरी तथा तलाउमा नुहाएर घिरौलाको पातमा , तोरीको तेल , सिन्दूर, तोरीको पीना (खैर ), मेहन्दीको पात, फूल आदि चढाएर विधिपूर्वक नहाय खाय गरेका छन् । उपवासको पूर्वसन्ध्यामा मध्यरातमा खाने खाना दही च्युउरासँगै माछा र मरुवा अनिवार्य खाएर शुक्रबार बिहान ४ बजेवाट निराहार बसी शनिबार विहान १० बजेपछि नवमी तिथी प्रारम्भ भएसँगै उपवास तोडेपछि जितिया व्रत सम्पन्न हुने राजविराज-७ की व्रतालु महिला साधना कर्णले बताउनुभयो । थारू समुदायमा विशेष मानिने जितियाको उपवास बस्ने महिलाहरू सन्तान तथा सौभाग्य समृद्धिको निम्ती जिमुतवाहन देवतालाई समर्पण गरी फलफूलले डाली भर्ने , कथा सुन्ने गरिन्छ । शनिबार विहानै पुनः केराको पातमा दही च्यूउरा , फलफूल चढाएपछि घिरौलाको पातबाट शुरू भएको जितिया केराको पातमा गएर सम्पन गरिने चलन रहँदै आएको अग्निसाइर कृष्णसवरण-४ कि व्रतालु कल्पना चौधरी बताउनु भयो।
सिलिकन रिसर्च एण्ड इनोभेसन सेन्टर काठमाडौं, राप्ती इन्जिनियिरिङ कलेज दाङ र प्युठान टेक्निकल कलेज प्रालिको आयोजनामा साइवर अपराध, साइवर सुरक्षा विषयक दिवसीय राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।
गुल्मीमा धारामा चिप्लिएर लड्दा एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका –४, ग्वादिकाचौर बस्ने ४१ वर्षीय सुखबहादुर कुमालको धारामा चिप्लिएर मृत्यु भएको वामी प्रहरी चौकीले जनाएको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पर्याप्त भूमि र दक्ष जनशक्ति भएको नेपालका युवाहरु विदेशी भूमिमा रोजगार खोज्न जानु देशको लागि विडम्बना भएको बताउनुभएको छ ।
दुर्गम हिमाली क्षेत्रका स्थानीयहरु न्यूनतम आधारभूत सेवाको अभावमा बसाइँ सर्न बाध्य भएका छन् । कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाको लिमी उपत्यकाको जाङ अहिले रित्तो भएको छ ।
इन्टरनेटको दुरुपयोग गरी गैरकानुनी रुपमा २४ करोड १५ लाख १७ हजार १३८ रुपियाँ बराबर रकमको कारोबार गर्ने झापाका ३० वर्षीय पिन्टु कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेस पार्टी विस्तारित एउटा ठूलो परिवार भएको बताउनुभएको छ ।
नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिकाको वडा नं.१ बनियाटारस्थित इन्द्रायणी मा.वि.को प्राङ्गणमा निःशुल्क मुटु परीक्षण शिविर आयोजना गरियो ।
विश्वकप फुटबल २०२६ छनोटअन्तर्गत नेपालले लाओस प्रतिस्पर्धा गर्ने भएको छ । एसिया क्षेत्रतर्फको पहिलो चरणको छनौट खेलमा नेपालले लाओससँग आगामी बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतिस्पर्धा गर्ने भएको छ ।