नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पीडित परिवारले चाहे मात्र कैद मिनाहा गर्न सकिने कानुन बनाउनुपर्ने बताउनुभएको छ ।
इरानमा महिलामाथिको दमनविरुद्ध लड्दै आएकी महिला अधिकारकर्मी नर्गेस मोहम्मादीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ । हाल उहाँ इरानको जेलमा हुनुहुन्छ ।
नवलपरासीको नवलपुरमा बसोबास गर्ने थारु महिलाले निराहार ब्रत बसी जितिया पर्ब मनाइरहेका छन् । हरेक बर्ष थारु जातीले मनाउने जितिया पर्ब यस बर्ष थारु अन्नत पर्बमा पुरषहरुले पनि ब्रत बसेर यो पर्ब मनाइरहेका छन् ।
स्याङ्जाको चापाकोट नगरपालिकाको कार्यालय, चापाकोटका सिनियर अहेव बिन्दु कोइरालाविरुद्ध ९० लाख ३९ हजार ६२० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
आज (शुक्रबार) प्रतिष्ठित नोबेल शान्ति पुरस्कारको घोषणा हुँदैछ । नर्वेमा विशेषज्ञहरूको एक प्यानलले आज ३५० जना नामाङ्कनको सूचीबाट छानेर नोबेल शान्ति पुरस्कारको घोषणा गर्दैछ ।
गोरखाको प्रसिद्ध धार्मिकस्थल गोरखाकाली मन्दिर भक्तजनका लागि खुला गरिएको छ । २०७२ सालको विनाशकारी भूकम्पले मन्दिरको आधा भागमा क्षति पुर्याउदाँ बिगत लामो समयदेखि भक्तजनहरुले दरबारको ढोका बाहिरबाटै दर्शन गरेर फर्कनुपर्ने अबस्था रहेको थियो ।
जापानी केन्द्रीय बैंक, बैंक अफ जापानका पूर्व गभर्नर हारुहिको कुरोदाले नेपालको अर्थतन्त्रमा केही चुनौति रहे पनि आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको बताउनु भएको छ ।
चाडपर्व नजिकिदै गर्दा विराटनगरको सीमा रानी आसपासका नाकाबाट नेपाल भित्रिनेको सङ्ख्या उल्लेख्य हुन्छ ।
नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले सत्तापक्ष र प्रतिपक्ष दुवैको सहमतिमा शिक्षा विधेयकलाई पुनर्लेखन गर्नुपर्ने माग गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बझाङमा भूकम्पका कारण गएका पहिरोमा परी मृत्यु भएका प्रति परिवारलाई दुई लाख रुपियाँ सहयोग प्रदान गर्ने बताउनुभएको छ ।
बौद्ध दर्शन र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यसहित बुद्ध जन्मस्थल लुम्बिनीमा शुक्रबार विश्व बौद्ध संस्कृति प्रदर्शनी आयोजना गरिएको छ ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग जर्मनीका राजदूत डा. थोमस प्रिन्जले शिष्टाचार भेटघाट गर्नुभएको छ । शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उपराष्ट्रपति यादव र राजदूत डा. प्रिन्जबीच शिष्टाचार भेटवार्ता भएको हो ।
वास्तुशास्त्रको अध्ययन अनुसन्धानका विषयमा नेपाल संस्कृत विश्वविद्यालय र महर्षि अन्तर्राष्ट्रिय विश्वविद्यालय आयोवा अमेरिकाबीच सम्झौता गरिने भएको छ ।
नेपाली चलचित्र ‘वानर सेना’को प्रिमियर शो भएको छ । शुक्रबार काठमाडौंमा प्रिमियर शो भएको हो । चलचित्र ‘वानर सेना’ आजदेखि प्रदर्शनमा आएको हो ।
कालीकोट जिल्लाको जिते बजारस्थित कर्णालीको पुल मर्मत भएपछि नागरिकलाई आवतजावत गर्न सहज भएको छ ।