कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पपछिको राहत, उद्धार तथा पुनर्निर्माणमा सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बझाङ सदरमुकाम चैनपुरलाई केन्द्रविन्दु बनाई मङ्गलबार गएको भूकम्पले बझाङलगायतका जिल्लामा क्षति भएको थियो । शुक्रबार चैनपुर पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले भूकम्पले गरेको क्षति निरीक्षणपछि सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
नाटक ‘कालो अक्षर रातो अक्षर’ को काठमाडौँ बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन सुरु भएको छ। नाटकमा शिक्षा प्रणालीमा भइरहेको विकृति, विद्यालयमा विद्यार्थी आन्दोलनले पारेको प्रभावको विषय समेटिएको छ। शैक्षिक क्षेत्रका विसङ्गति, शिक्षाको व्यापार, युवा विद्यार्थीको बाध्यात्मक बहिर्गमन र त्यसलाई ओत दिने विकृति नाटकमा उजागर गर्न खोजिएको छ । नाटकमार्फत अहिलेको शिक्षा प्रणालीले सामाजिक संरचनामा पारेको प्रभाव, विश्व श्रमबजारमा विद्यार्थी बनेर बिदेसिनुपर्ने युवाको बाध्यता, विद्यार्थी आन्दोलन आफैँभित्रको समस्या, युवाको विद्रोहलगायतका मुद्दालाई देखाउन खोजिएको छ । नाटकले आजको राज्यसत्ता र प्रणालीलाई बारम्बार प्रश्न गरिरहन्छ । नाटक शिक्षा क्षेत्रको अहिलेको यथार्थमा लेखिएको छ ।
दसैँको छेको पारेर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परदेशी–२’ को ट्रेलर सार्वजनिक गरिएको छ। असोज २६ गतेबाट प्रदर्शनमा आउने चलचित्रको आज अफिसियल ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो। नारायण रायमाझी निर्देशित चलचित्रको ट्रेलरमा अध्ययनका लागि युवाको विदेश यात्रा र त्यसले सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदनालाई देखाइएको छ।
समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा
दीपक शर्माका सङ्गीतबद्ध करोड क्लबका लोक आधुनिक गीतहरू सार्वजनिक भएका छन्। शुक्रबार आयोजित समारोहमा सङ्गीतकार शर्माका बुवा हरिलाल जैसी, गायक रामकृष्ण ढकाल, गीतकार डब्बु क्षेत्री, राधिका अधिकारी र सङ्गीतकार शर्मा आफैँले यो गीतिसङ्ग्रह सार्वजनिक गर्नुभएको हो ।
जैविक खेती प्रणालीलाई सहयोग पुर्याउने उद्देश्यले मिचाहा प्रजातिको जलकुम्भी झारबाट कम्पोस्ट मल बनाउन सुरु गरिएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षको सिमसार क्षेत्रमा रहेको जलकुम्भी झारबाट कम्पोस्ट मल बनाउन थालिएको हो । कोशीटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रका किसानलाई जैविक खेती गर्न उत्प्रेरित गराउन मल बनाउन सुरु गरिएको कोशीटप्पु सिकाइ थलो (लर्निङ ग्राउन्ड्सका) अध्यक्ष राजकुमार सिंहले जानकारी दिनुभयो ।
समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित मगही भाषा
नेपाल र युरोपेली देश रोमानियाबिच शुक्रबार रोमानियामा द्विपक्षीय श्रम समझदारी (एमओयु) मा हस्ताक्षर सम्पन्न भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र समकक्षी सिमोना वुक्युरा–अप्रेस्क्युबिच एमओयुमा हस्ताक्षर सम्पन्न भएको हो । श्रम मन्त्रालयका अनुसार रोमानियासँग भएको श्रम समझदारी नेपाली श्रमिकको हितलाई प्राथमिकतामा राखेर गरिएको छ । पछिल्लो समय रोमानिया नेपाली श्रमिकको रोजाइको श्रम गन्तव्य बन्दै गएको पनि छ । रोमानिया नेपाली श्रमिकका लागि सुरक्षित श्रम गन्तव्यका रूपमा रहेको र श्रम बजारको फराकिलो सम्भावना रहेकाले नेपाल र रोमानियाबिचको कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्षपछि दुई देशबिच श्रम क्षेत्रमा थप समझदारी भएको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले पाठेघरको मुखको क्यान्सर रोकथामलाई सरकारले प्राथमिकता दिएको बताउनुभएको छ । पिपुल्स एक्सेस टु एडिक्योट नेचुरल इन्फ्रास्ट्रक्चर्सले काठमाडौँमा आयोजना गरेको ‘पाठेघरको क्यान्सर नियन्त्रणका लागि सरकार, निजी, साझेदारी र मिडियाको भूमिका’ विषय कार्यक्रममा उहाँले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपिभी) को सुरुवात सरकारले गरिसकेको उल्लेख गर्नुभयो । क्यान्सर लागेपछि घर, परिवार र समाजसमेत तहसनहस हुने भन्दै मन्त्री महतले क्यान्सर रोगको रोकथाम सरकारको प्राथमिकतामा परेको बताउनुभयो । उहाँले समयमै पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप किशोरीलाई लगाउन प्रेरित गर्नुपर्ने उल्लेख गर्नुभयो । स
राष्ट्रपति रामचन्द्र पौडेलले हरेक जात, जाति, धर्म, संस्कृति तथा समुदायको सहअस्तित्व स्वीकार्दै आपसी सद्भावलाई थप मजबुत बनाउन सबैलाई अपिल गर्नुभएको छ । जितिया पर्वका अवसरमा शुक्रबार एक विज्ञप्ति जारी गर्दै उहाँले सबैमा सुख, शान्ति र समृद्धिको शुभकामना दिनुभएको छ । विज्ञप्तिमा विविधतायुक्त हाम्रो समाजमा आपसी सद्भावै विशिष्ट पहिचान रहेको उल्लेख गर्दै उहाँले प्रकृति पूजामा आधारित जितिया पर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याई आपसी सद्भाव र सहिष्णुता कायम गर्न सफलता मिलोस् भन्ने कामना गर्नुभएको छ ।
जिल्ला अदालत काठमाडौँले ६१ किलो सुन प्रकरणका आरोपित २५ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले १५ दिनको निरन्तरको सुनुवाइपछि शक्रबार थुनछेक आदेश गरेको हो । मैनालीको इजलासले मुद्दासाथ पेस भएका २६ मध्ये २५ लाई थुनामा पठाएको हो । विमानस्थल भन्सार एजेन्ट रक्मिाना सुब्बाबाहेक अन्यलाई थुनामा राख्न आदेश भएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो । सुब्बासँग पाँच लाख रुपियाँ धरौटी माग भएको छ ।
सरकारले अति विशिष्ट र विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि परिमार्जन गर्न लागेको छ । कार्यविधिमा अति विशिष्ट व्यक्तिको आवतजावतका क्रममा प्रयोग गरिने गरिएको ‘सवारी’ शब्दलाई ‘भ्रमण’ शब्दमा रूपान्तरण गर्न लागिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले अति विशिष्ट व्यक्तिको सुरक्षा तथा सवारीबारे विभिन्न टिकाटिप्पणी भइरहँदा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि परिमार्जन गर्न लागिएको बताउनुभयो ।
सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज २२ गतेबाट खुला हुने भएको छ। दसैँतिहार र छठ पर्वका लागि लामो तथा छोटो दुरीका सवारीको अग्रिम टिकट बुकिङ खुला हुने भएको हो। यातायात व्यवस्था विभागमा शुक्रबार बसेको ट्राफिक प्रहरी, विभागका कर्मचारी, यातायात व्यवसायीको संयुक्त बैठकले असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।
यो वर्षको नोबेल शान्ति पुरस्कार इरानकी नर्गिस मोहम्मदीले पाउनु भएको छ । महिलाविरुद्ध हुने दमनविरुद्ध गरेको सङ्घर्ष तथा सबैका लागि मानव अधिकार र स्वतन्त्रताका लागि गरेको पहलका लागि नर्वेको नोबेल शान्ति पुरस्कार समितिले उहाँलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । मोहम्मदी अहिले तेहरानस्थित इभिन जेलमा हुनुहुन्छ । यो सरकारविरोधी प्रदर्शनकारीहरू, राजनीतिक बन्दी, पत्रकार र विदेशी नागरिकहरू राखिने कारागार हो ।