अवरुद्ध गाजापट्टीबाट शनिबार रकेट आक्रमण हुँदा इजरायलमा कम्तीमा एक जनाको मृत्यु भएको एएफपीका पत्रकार र चिकित्सकहरूले बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटर्रेस नेपाल भ्रमणमा आउनुहुने भएपछि लुम्बिनी भ्रमणमा आउनुहुने भएको छ । उहाँको स्वागतका लागि तयारी थालिएको छ ।
ह्वाइट हाउसले आगामी नोभेम्बरमा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेट गराउने योजना बनाइरहेको वासिङ्टन पोस्टले जनाएको छ ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता झलनाथ खनालले सरकार र राजनीतिक दलले आर्थिक विकासको योजना नल्याएसम्म समृद्धि सम्भव नहुने बताउनुभएको छ ।
प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूको चार सदस्यीय टोली शनिबार संयुक्त अधिराज्य बेलायत प्रस्थान गरेको छ ।
मुस्ताङको स्याउ भित्रिन थालेपछि बागलुङमा फलफूलको बजार फस्टाउन थालेको छ । असोज लागेसँगै मुस्ताङको स्याउले बागलुङमा बजार पाउन थालेको छ । पछिल्लो समय यहाँका हरेक फलफूल पसलमा मुस्ताङको स्याउ देखिन्छ ।
सुदूरपश्चिम प्रदेशको बझाङमा भूकम्प गएको छ । आज (शनिबार) बिहान ११ः४५ बजे बझाङको भातेखोला केन्द्रबिन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
खैरहनी नगरपालिकाले गर्भवतीलाई विभिन्न परीक्षणसहित निः शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । खैरहनी नगरपालिकाभित्र स्थायीरुपमा बसोबास गर्ने गर्भवतीले निश्चित किसिमको रक्त परीक्षण, भिडियो एक्सरे सेवा र अत्यावश्यक अवस्थामा एम्बुलेन्स सेवा निः शुल्क प्राप्त गर्ने भएका हुन् ।
‘दोस्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८०’ मा सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड गायिका सुस्मिता स्याङ्तानले प्राप्त गर्नुभएको छ । तामाङ सेलो गीत ‘सगुन छ्योइजी’बाट उनले अवार्ड प्राप्त गर्नुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।
तनहुँमा चार हजारभन्दा बढीमा डेंगुको सङ्क्रमण पुष्टि भएको छ भने चार जनाले ज्यान गुमाएका छन् । डेंगुको प्रकोप बढ्न थालेपछि तनहुँ उच्च जोखिममा परेको छ ।
‘हितोपदेश’ सुभाषित श्लोकको संस्कृतमा एउटा उक्ति छ, ‘एकश्चन्द्रस्तमो हस्ति न च तारागणोकपि च’ अर्थात् “आकाशमा करोडौँ ताराहरू छन् ।
१९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत महिला भलिबलमा नेपालले अन्तिम खेलमा सान्त्वना जित निकालेको छ । शनिबार भएको खेलमा नेपालले मङ्गोलियालाई ३–२ को सेटमा हरायो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङ जिल्लालाई पर्यटन र कृषिमा केन्द्रित गरेर योजना छनोट, बजेट विनियोजनमा प्राथमिकता दिइएको बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा रहेका विद्यमान समस्या समाधान गरी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।