• २२ वैशाख २०८१, शनिबार

महिला भलिबलमा नेपाल सान्त्वना जितसहित ११औँ स्थानमा

blog

मंगोलियासँग अङ्क लिएपछि नेपाली खेलाडी ।

हाङझाउ, असोज २० गते । १९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत महिला भलिबलमा नेपालले अन्तिम खेलमा सान्त्वना जित निकालेको छ । शनिबार भएको खेलमा नेपालले मङ्गोलियालाई ३–२ को सेटमा हरायो ।

नेपालले मङ्गोलियामाथि १७–२५, २५–१८, २५–२१, १८–२५, १५–१२ को जित निकालेको थियो । नेपालले यसअघि लगातार चार हार खेपेको थियो ।

यसअघिनै समूहचरणबाट बाहिरिएको नेपालले वरीयताका लागि प्रतिस्पर्धा गरेको हो । अन्तिम जितसँगै नेपाल ११औँ स्थानमा रह्यो । 

एसियाड महिला भलिबलमा १३ टोलीले प्रतिस्पर्धा गरेका थिए । नेपालको महिला भलिबल टोलीले पहिलो पटक एसियाड खेलेको हो ।