प्रदेश राजधानी समेत रहेको वीरेन्दनगरको मंगलगडी–गणेशचोक मुख्य सडकमा र दायाँ–बायाँ सडक अपाङ्गमैत्री छैनन् ।
कर्णाली प्रदेशको विकास र सुशासनका लागि विगत तीन वर्षदेखि सञ्चालित ‘हाम्रा कुरा हाम्रा मुख्यमन्त्री कार्यक्रम’ र स्थानीय सरकारप्रति रुकुम पश्चिमका नागरिकहरूले गुनासै गुनासा गरेका छन् ।
विद्यार्थीलाई सिर्जनशील बनाउन म्याग्दीको एक विद्यालयले सङ्गीत कक्षा सुरु गरेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानामा रहेको ज्ञानप्रकाश माविले विद्यार्थीहरूका लागि सङ्गीत कक्षा सञ्चालन गरेको हो ।
गुञ्जन नारी साहित्य संस्थाकी अध्यक्ष कथाकार जलेश्वरी श्रेष्ठको आयोजनामा कोठे बैठक (कवि गोष्ठी) सम्पन्न भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबिच सरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल भएको छ ।
नेपालकी कराँते खेलाडी एरिका गुरुङले चीनको हाङझाउमा जारी १९औँ एसियाडमा रजत पदक पक्का गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यमाथि नियन्त्रण, निगरानी र हस्तक्षेप जति प्रभावशाली हुन्छ, लोकतान्त्रिक प्रणाली त्यति नै बलियो हुने बताउनुभएको छ ।
पश्चिम चितवनको राप्ती नदीले बगाएर एक जनाको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२४ की ४८ वर्षीया फडिमायाँ अधिकारी रहेकी प्रहरीले जनाएको छ ।
काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्र सार्वजनिक शौचालय सञ्चालन गर्नेलाई सहयोग उपलब्ध गर्ने भएको छ ।
नेकपा (एमाले) कपिलवस्तु जिल्ला कमिटीले ‘जनतासँग जनप्रतिनिधि’ अभियान सञ्चालन गरेको छ । जिल्ला कमिटीको वार्षिक योजनाअनुसार जिल्लाका दश पालिकामा अभियान सञ्चालन चल्ने छ ।
प्युठानको ठूलाबेशीमा जिल्लाकै हालसम्मको सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुनेभएको छ । आयोजक ठूलाबेसी सामुदायिक विकास मञ्च गौमुखीका अनुसार दसैँको अवसरमा कात्तिक २ गतेदेखि ४ गतेसम्म खुल्ला भलिबल तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो ।
खोटाङको दिक्तेलस्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडविरुद्ध बचतकर्ता सडकमा उत्रिएका छन् । सो सहकारीले बचत अपचलन गरेपछि बचतकर्ताहरू सडकमा उत्रिएका हुन् ।
गैरआवासीय नेपाली संघको आयोजनामा भइरहेकोे रियालिटी शो ‘एनआरएन द सिङगर’ को अन्तिम दश जनाको टुंगो लागेको छ । काठमाडौँमा स्पेस फोर के टेलिभिजनबाट प्रसारण भइरहेको प्रतियोगिता अन्तर्गत १२ जना प्रतिस्पर्धीमध्येबाट अनलाइन भोट र निर्णायकहरुको मूल्याङ्कनबाट उत्कृष्ट १० जनाको छनोट गरिएको हो ।
डोटीको सेती नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ स्थित सेती पुल नजिक नुहाउने क्रममा दुई बालका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तले बताउनुभयो ।
बाजुराका किसानले स्याउ टिप्न सुरु गरेका छन् । बाजुराको अर्ग्यानिक स्याउ बिक्रीका लागि बाहिर लग्नेगरी पालिका र कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदान समेतको व्यवस्था गरेको छ ।