• २२ वैशाख २०८१, शनिबार

एसियाड कराँतेमा नेपालकी एरिकालाई रजत पक्का

blog

एरिका गुरुङ ।

हाङझाउ, असोज २० गते । नेपालकी कराँते खेलाडी एरिका गुरुङले चीनको हाङझाउमा जारी १९औँ एसियाडमा रजत पदक पक्का गर्नुभएको छ ।

महिला ६८ केजी तौल समूहको सेमिफाइनलमा उहाँले हङकङकी यान काई होलाई ८-४ अङ्कले हराउँदै फाइनलमा पुग्नुभएको छ । फाइल खेल केही बरेमा हुनेछ । 

एरिकाले फाइनल पुगे लगत्तै रजत पदक पक्का गर्नुभएको हो । अब स्वर्ण पदकका लागि उहाँले काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । 

उहाँले क्वार्टरफाइनलमा जापानकी खेलाडी एजुकी सबाइलाई सेन्सुको आधारमा हराउनुभयो । दुवैको समान १-१ अङ्क भएपनि पहिलो अङ्क पाएको आधारमा एरिका सेमिफाइनलमा पुग्नुभएको थियो ।

फाइनल खेल जितेमा १९ वर्षीय एरिका नेपालका लागि एसियाड कराँतेमा ऐतिहासिक स्वर्ण जिताउने पहिलो खेलाडी बन्नुहुनेछ ।