प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदले प्राविधिक र व्यावसायिक शिक्षा आजको आवश्यकता रहेको बताउनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालमा अझै पनि राजतन्त्र फर्काउन सकिन्छ भनेर पूर्वराजा ज्ञानेन्द्र शाहले दाउ हेरिरहेको बताउनुभएको छ । तर राजतन्त्र अब फर्कन सम्भव नरहेको उहाँको भनाइ छ ।
अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक नगरपालिका-५ श्रृजनानगर चोकमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।
चितवनका दुई ठुला नदी नारायणी र राप्ती नदीमा भएका छुट्टाछुट्टै घटनामा परेका तीन जना महिलामध्ये एक जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । एक जनाको उद्धारपछि अस्पताल भर्ना गरिएको छ ।
बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक सवारी चालक तथा सहचालकको नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन् ।
काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पतालसँगको सहकार्यमा नेपालगन्ज मेडिकल कलेजले न्यूरोसाइन्स सेवा प्रवाह गर्ने सम्झौता गरेको छ ।
चाड पर्वमा आवत–जावत गर्ने यात्रुलाई सहयोग गर्नका लागि कपिलवस्तुका पाँच स्थानमा यात्रु सहायता कक्ष (हेल्प डेस्क) स्थापना भएका छन् ।
केही वर्ष पहिलेसम्म बागलुङका होटल तथा रेष्टुरेन्टमा कोदोका परिकार पाक्दैनथे । पछिल्लो समय यहाँका होटल तथा रेष्टुरेन्टमा कोदाको ढिँडो पाक्न थालेपछि कोदोको माग बढ्दै गएको छ ।
सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेश हेटौँडाले प्रदेशका ३६० जना पत्रकारको सामूहिक दुर्घटना बिमा गरिदिएको छ ।
वर्षाको पानीले सडक बिगारेपछि कालीकोटका ग्रामीण सडक अहिले प्रयोगविहीन भएका छन् । स्थानीय सरकारले खनेका सडक वर्षातको पानीले पूर्णतः बिगारेपछि सडक प्रयोगमा छैनन् ।
बझाङ केन्द्रबिन्दु भएर आज (शनिबार) दिउँसो ११ बजेर ४५ मिनेटमा पाँच दशमलव तीन र १२ बजेर ३२ मिनेटमा चार दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको छ ।
नेपालका गणेश गुरुङ चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्यानोइङमा आठौँ हुनुभएको छ ।
बाँकेको ग्रामीण क्षेत्रमा महिलाको पाठेघर तथा स्तन क्यान्सरसम्बन्धी शिविर सञ्चालन गरिएको छ । नेकपा (एमाले) बाँकेको आयोजनामा बैजनाथ गाउँपालिका–५ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
इजरायलमा गाजा पट्टीबाट व्यापक रकेट हमला र हमास आतङ्ककारीहरूको घुसपैठपछि इजरायली प्रतिरक्षा फौज (आईडीएफ) ले शनिबार युद्धका लागि तयार रहेको घोषणा गरेको दाइम्स अफ इजरायल (टिओआई) ले जनाएको छ ।