• २२ वैशाख २०८१, शनिबार

१९औँ एसियाड : नेपालका गणेश क्यानोइङमा आठौँ

blog

क्यानोइङमा प्रतिस्पर्धा गर्दै नेपालका गणेश गुरुङ ।

हाङझाउ, असोज २० गते । नेपालका गणेश गुरुङ चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्यानोइङमा आठौँ हुनुभएको छ । 

फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा शनिबार फाइनल चरणमा प्रवेश गर्नुभएका गणेश फाइनलमा पुगेका १० जनामध्ये आठौँ हुनुभएको हो । शनिबार नै भएको सेमिफाइनल चरणको खेलमा गणेश शीर्ष १० मा रहँदै फाइनल चरणमा पुग्नुभएको थियो । 

क्यानोइङमा चीनका क्वान सिनले स्वर्ण, जापानका तानाका युकीले रजत र चाइनेज ताइपेइका उ साओले हसुनले कांस्य जित्नुभयो । क्यानोइङमा १६ खेलाडीले भाग लिएका थिए ।  

सहभागितामै सकियो कुस्तीको एसियाड यात्रा 

नेपाली कुस्तीको १९औँ एसियाड यात्रा सहभागितामै सीमित बनेको छ । कुस्तीमा सहभागी नेपालका चारै खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन् । 

हाङझाउस्थित लिनान स्पोर्ट्स एन्ड कल्चरल एक्जिबिसन सेन्टरमा शनिबार भएको खेलमा नेपालका राज यादव र सुरेश चुनारा पहिलो खेलमै पराजितहुनुभयो । पुरुष फ्रिस्टाइल ८१ केजी तौल समूहको प्रिक्वाटरफाइनलमा राज कम्बोडियाका बाली सोउसँग १०–० ले पराजित हुनुभयो । 

पुरुष ७४ केजी फ्रिस्टाइलको प्रिक्वाटरफाइनलमा सुरेश चुनारा तुर्कमिनेस्तानका परमान होम्मादोभसँग ११–० ले पछि पर्नुभयो । यसअघि महिलातर्फ शिवाङ्गी दुवे र सुशिला चन्द पहिलो खेलमै पराजित हुनुभएको थियो ।