बागमती प्रदेशमा अनुदान वितरणमा मनलाग्दी गर्ने व्रmमले निरन्तरता पाएको छ । मन्त्रालय र मन्त्रीले तजबिजीमा अनुदान रकम वितरण गर्दा अनियमितता बढेको छ भने बजेट पहुँचवालाको मात्र हातमा पर्ने गरेको छ ।
धेरै समयपछि पहिलोदेखि अन्तिम पृष्ठसम्म पूरै पढेको सायद ‘जीवन्त सम्बन्ध’ मेरो पहिलो पुस्तक हो । पुस्तक पढ्ने रुचि हुँदाहुँदै पनि व्यस्त दैनिकीका कारण सम्भव भएको थिएन । २४० पृष्ठको यस पुस्तक पढ्न भने एक साता लाग्यो । यस पुस्तकले आकर्षित गर्नुको मुख्य कारण यसमा व्यक्त गरिएका विचार वा घटना मेरै आफ्नै जस्ता र मेरै वरिपरि घटेका घटनाको वृत्तान्त जस्ता छन् । त्यसैले म वित्तीय क्षेत्रको व्यक्तिले साहित्यिक कृतिका बारेमा लेख्दै छु ।
राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जितिया पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका शुभकामना व्यक्त गर्नुभएको छ ।
२०८० सालको जनैपूर्णिमाका लागि ठमेलस्थित टच कैलाश टुर एन्ड ट्राभल्समार्फत कैलाश मानसरोवरको यात्रामा जाने अवसर मिल्यो । तीन वटा बसमा ७० जना यात्रुको टोली र गाइडलगायतका सहयोगीसाथ भदौ ९ गते हाम्रो यात्रा सुरु भयो । टोखा छहरेको बाटो, पासाङल्हामु राजमार्गको धुन्चे हुँदै रसुवागढीमा पुगेर होटलमा बसियो । धुन्चेदेखि रसुवागढीसम्मको बाटो ज्यादै नराम्ररी बिग्रिएको रहेछ । ज्यान माया मारेर हिँड्नुपर्ने रहेछ । धन्न हाम्रा चालकले हामीलाई सुरक्षित गन्तव्यमा पु¥याउन सफल भए । चीनसँगको व्यापारको मुख्य नाका रसुवागढी जोड्ने सडकको दुरवस्था देख्दा मन खिन्न भयो ।
एसियाली खेलकुदमा मुलुकका लागि पहिलो पदक दिलाउने नेपाली राष्ट्रिय कबड्डी टोलीकी खेलाडी अनुजा कुलुङ राईको घर पुग्दा बुबा धनमान राई भैँसी चराउन जङ्गलमा हुनुहुन्थ्यो । आमा तिलसरी पुरानो दराज इनामेलले रङ्गाउँदै हुनुहुन्थ्यो ।
दुर्लभ जनावर रेडपान्डाको मुख्य आहारा मालिङ्गो हो । लेकाली क्षेत्रमा जब मालिङ्गोमा टुसा पलाउन थाल्छ, तब रेडपान्डाका पोथीहरूले बच्चा जन्माउने र हुर्काउने समय सुरु हुन्छ । रेडपान्डाले शान्त ठाउँ मन पराउँछ । मानव तथा अन्य जनावरले गरेको अशान्त क्रियाकलाप यसले मन पराउँदैन । त्यसैले ताप्लेजुङको केही सामुदायिक वनहरूले सार्वजनिक सूचना जारी गरेरै रेडपान्डा पाइने क्षेत्रका जङ्गलमा प्रवेश गर्न रोक लगाएको छ । साउनदेखि असोजसम्म जङ्गलमा पस्न र घाँस दाउरासमेत ल्याउन नपाइने गरी रोक लगाइन्छ । होहल्ला भएमा रेडपान्डाको माउले बच्चा छोडेर हिँड्ने खतरा हुन्छ । अनि स्याहार नपुगेर बच्चाको मृत्यु पनि हुन सक्छ । जेठ अन्तिमदेखि साउनभर रेडपान्डाले बच्चा जन्माउँछ । त्यसपछिका दुई महिना नियमित हेरचाह गरेर
ऋषि महर्षिहरूले ज्ञानको प्रयोगशालामा पत्ता लगाएको आविष्कार हो– गोत्र । अतः यसको विज्ञान सामान्य विज्ञानभन्दा पर छ । यसको स्वरूप पवित्र छ, आध्यात्मिक छ र तेजवान् छ । ‘गोत्रमिन्द्राणि मे रक्षेत् !’ अर्थात् ‘इन्द्राणी’ देवीले मेरो गोत्रको रक्षा गरून् । दुर्गाकवचमा देवताहरूले गोत्र रक्षाका लागि देवीसँग गरिएको यो याचनाले पनि गोत्रको तेज र पवित्रतालाई स्पष्ट पार्छ । अनि गोत्र असुरक्षित हुन सक्ने तथ्यलाई पनि माथिकै श्लोकांशले खुलस्त पार्छ ।
भारतमा केएल सहगल, तलत महमुद, मोहम्मद रफी, मन्नाडे, मुकेश, शमशाद बेगम, नुरजहाँ, सुरैया, लता मङ्गेशकर, आशा भोसले आदि एक से एक प्रसिद्ध र धुरन्धर गायक र गायिका छन् । यस लहरमा गायक किशोरकुमार पनि एक हुन् । हिन्दी चलाचित्र जगत्मा सन् १९६५ देखि १९७५ सम्मको अवधिलाई गीत÷सङ्गीतको स्वर्णकाल (गोल्डेन युग) भनिन्छ । यस अवधिमा विभिन्न गीतकार, सङ्गीतकार, गायक तथा गायिकाले कालजयी, अत्यन्त कर्णप्रिय र मन्त्रमुग्ध पार्ने गीत/सङ्गीत सिर्जना गरेका छन्
विश्वका मुलुकमध्ये १९३ देश संयुक्त राष्ट्रसङ्घका सदस्य रहेका छन् । यहाँ विभिन्न राष्ट्र, क्षेत्र र देशका मानव अधिकारसम्बन्धी केही प्रावधान र कार्यान्वयनको अवस्थाको विश्लेषण एवं तुलना गरिएको छ ।
नेपालगन्जमा मङ्गलबारदेखि जारी कर्फ्यु र निषेधाज्ञाको समय घटाइएको छ । बिहीबार र शुक्रबार राति ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लाग्दै आएकोमा शनिबार राति ८ बजेदेखि बिहान ४ बजेसम्म मात्रै कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिनुभयो ।
भारतका महात्मा गान्धीको पूरा नाम मोहनदास कर्मचन्द गान्धी, आफैँमा महान् इतिहास हो । गान्धीले अङ्ग्रेजको दुई शताब्दीको निरङ्कुश शासन सत्तालाई सत्याग्रहको माध्यमद्वारा समाप्त गरी भारतलाई स्वतन्त्र दिने इतिहास रच्नु विश्व इतिहासमै युगीन परिघटना हो । गान्धी दक्षिण अफ्रिकामा वकालत गरिरहेको थियो । त्यहाँ बस्दा उहाँले अफ्रिकी र अङ्ग्रेजहरूद्वारा भारतीयमाथि गरिएका अत्याचारलाई आफ्नै आँखाले देख्नुभयो । यता भारतमा अङ्ग्रेजी शासकद्वारा गरिएका झन् अन्याय र अत्याचारलाई सहन नसकी भारत फर्किने बाध्य हुनुभयो । फलस्वरूप सन् १९१५ मा भारत फर्किनु भई स्वतन्त्रता आन्दोलनमा लाग्नुभयो ।
विश्वका मुख्यतः विकासोन्मुख राष्ट्रहरूमा भ्रष्टाचार एउटा महत्वपूर्ण समस्याका रूपमा रहेको छ । भ्रष्टाचार न्यूनीकरणका लागि हरेक राज्यले विभिन्न खालका निकायहरू खडा गरेका हुन्छन् । ट्रान्सपरेन्सी इन्टरनेसनल, विश्व बैङ्क र अन्य विभिन्न सङ्गठनले भ्रष्टाचारविरोधी संस्थाहरूको काम कारबाहीलाई कसरी प्रभावकारी बनाउने भन्ने सन्दर्भमा समय समयमा विभिन्न अनुसन्धानसमेत गरेको पाइन्छ । यस्ता संस्थाहरू भ्रष्टाचार नियन्त्रण गर्न संस्थागत रूपमा सक्षम छन्÷छैनन् भन्ने कुराको गहिरो अध्ययन गरेको पाइन्छ । अध्ययनपछि यस्ता संस्थालाई सुझावसमेत दिने गरेको पाइन्छ तर पनि भ्रष्टाचारलाई वाञ्छित मात्रामा नियन्त्रण गर्न सकिरहेको अवस्था छैन ।
दसैँका लागि यही असोज २२ बाट अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिनुभयो ।
दसैँ सुरु भएपछि गाउँघरमा बाटो मर्मत सम्भार गर्ने चलन थियो । तत्कालीन गाविसका हरेक वडाध्यक्षले वडावासीलाई आफ्नो वडाको बाटो खन्ने भाग कहाँदेखि कहाँसम्म हो भनेर सूचना जारी गर्दथे । वडाभरका हरेक घरबाट एक/एक जनाका दरले यसरी बाटो मर्मत सम्भार गर्न जाने चलन थियो । यदि कुनै घरका सदस्य बाटो मर्मत सम्भार गर्न असमर्थ भएमा वडाध्यक्षले सबैको सहमतिमा सजाय मिनाहा गरिदिने चलन पनि थियो । यदि कसैले सामान्य अवस्थामै अटेर गरेर बाटो मर्मत सम्भार गर्ने काममा
अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैङ्कको बोर्डले बिहीबार अघि सारेको नीतिगत निर्णयले आर्थिक सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । भरतपुर विमानस्थलमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै मन्त्री डा. महतले आर्थिक सङ्कटको असर केही देखिए पनि त्यसको सुधारमा ब्याजदरको ठुलो भूमिका हुने भएकाले राष्ट्र बैङ्कको कदम आवश्यक रहेको बताउनुभयो ।