• ५ पुस २०८२, शनिबार

दुर्घटनामा एकको मृत्यु, एक घाइते

blog

फाइल तस्बिर ।

भक्तपुर, असोज २० गते । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक नगरपालिका-५ श्रृजनानगर चोकमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । 

भक्तपुरबाट काठमाडौँ जाँदै गरेको नम्बर नखुलेको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा.९७प. २९५० नम्बरकाे मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुपाल्चोक चौतारा साँगागढी नगरपालिका-८ घर भई हाल सूर्यविनायक नगरपालिका-८ बस्ने २३ वर्षीय रामशरण थापामगरको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोक घर भई हाल काँडाघारी बस्ने १८ वर्षीय शिव आलेमगर घाइते भएका छन् । घाइते मगरको मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको पाठकले जानकारी दिनुभयो । घटनापछि फरार रहेका टिपर चालकको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । रासस