विदेशमा चिकित्सा विषय अध्ययन गर्न गएका विद्यार्थीको पहल र दाताहरुको सहयोगमा हेटौँडा उपमहानगरपालिका –६ मा सिद्धस्थली ग्रामीण सामुदायिक अस्पताल स्थापना गरिएको छ ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य छक्कबहादुर लामाले राष्ट्रसेवक कर्मचारीलाई आफ्नो अधिकारका लागि लड्नुका साथै राष्ट्र निर्माणमा जुट्न आग्रह गर्नुभएको छ ।
पर्वतको विहादी गाउँपालिकाले लोपोन्मुख स्थानीय काठे गाईको सरंक्षण गर्न भनी गाईपालक कृषकलाई सुत्केरी खर्च दिदैआएको छ । घरमा पालेको लोकल गाई सुत्केरी हुँदा कृषकलाई प्रोत्साहनका लागि लोकल गाई संरक्षण कार्यक्रम अन्तर्गत सुत्केरी खर्च दिइने गरेको हो ।
ताप्लेजुङमा बैदशिक रोगजारीबाट फर्किएका युवाहरु सङ्गठित भएका छन् । बैदशिक रोगजारीबाट फर्किएका युवाहरुले सदरमुकाम फुङ्लिङमा शनिबार जिल्ला भेला सम्पन्न गर्दै सङ्गठित भएका हुन् ।
सुनसरीको विभिन्न स्थानमा हर्सोल्लासका साथ जितिया पर्व मनाइँदै छ । जिल्लाको विभिन्न नगरपालिका र गाउँपालिकासहित ग्रामीण क्षेत्रका मधेसी तथा थारु महिलाले आफ्नो तीन दिने महान पर्व जितिया उपबास बसेर मनाएका छन् ।
नेपाल–बेलायतबीच मैत्रीसन्धी भएको शतवार्षिकीको अवसरमा स्कटल्याण्डको एडिनवरास्थित रोयल बोटानिक गार्डेनमा जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।
नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू-भाग भएर यस वर्षको मनसुन बाहिरिएको छ । बाँकी भू-भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालगन्जबाट भारतको नयाँ दिल्लीसम्म आवागमन गर्ने नेपाल–भारत मैत्री यात्रुवाहक बसबाट प्रहरीले करिब ५ लाख रुपियाँ बरावरको अवैध सामान बरामद गरेको छ ।
पर्यटकीय सहर पोखरामा दिगो पर्यटनका विषयमा गहन छलफलका लागि दोस्रो संस्करणको अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सुरु भएको छ ।
आफ्नै छोराको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानले झिमरुक गाउँपालिका–७ तुषाराकी ३२ वर्षीया नारायणी केसीलाई पक्राउ गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्रमाथि आक्रमण भइरहेको बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा उद्योग कालकारखाना स्थापना गरी ‘आत्मनिर्भर बागमती’ बनाउने नीति लिएको बताउनुभएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । कोशी प्रदेश सभाको आजको बैठकमा उहाँले राजीनामाको घोषणा गर्नुभएको हो ।
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस एक ढिक्का भएर आगामी निर्वाचनमा एक्लै लड्नुपर्ने बताउनुभएको छ ।
मकवानपुरमा छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज बिहान त्रिभुवनराजपथ सडकखण्डमा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ३९८७ नम्बरको कन्टेनर मकवानपुरको थाहा नगरपालिका-१ कुन्छालस्थित सडकमा दुर्घटना हुँदा चालक नुवाकोटको बेलकोट-५ का ४२ वर्षीय दीप श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।