चन्द्र पन्दाक
ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा बैदशिक रोगजारीबाट फर्किएका युवाहरु सङ्गठित भएका छन् । बैदशिक रोगजारीबाट फर्किएका युवाहरुले सदरमुकाम फुङ्लिङमा शनिबार जिल्ला भेला सम्पन्न गर्दै सङ्गठित भएका हुन् ।
बैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको प्रथम भेलाले शिव तोलाङको अध्यक्षतामा रिटर्नी सेन्टर नेपालको जिल्ला समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा भीमबहादुर भट्टराई, सचिव पदमबहादुर बुढाथोकी, सहसचिवद्वयमा चन्द्रहाङ लिम्बू र बलबहादुर मादेन, कोषाध्यक्षमा चन्द्र थापा चयन हुनुभएको छ ।
समिति सदस्यहरुमा बिर्ख राई, कुसल तामाङ, खगेन्द्र चौहान, गंगाराम रसाइली, लीला तोलाङ, रुकमान लिम्बू, विनोद तामाङ, गंगाबहादुर गुरुङ, डम्बरबहादुर साँवा, राजेन्द्र बुढाथोकी, कविराज लिम्बू र पेमानुर्देन शेर्पा रहनुभएको छ । भेलाको उद्घाटनमा नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य तथा पूर्व प्रदेश सांसद सीता थेबे, केन्द्रीय लेखा समिति सदस्य नरबहादुर दुलाल, जिल्ला संयोजक विष्णुकुमार लिम्बू, रिटर्नी सेन्टरका केन्द्रीय सदस्य हिमालसागर पौडेललगायतले शुभकामना दिनुभयो ।
माओवादी केन्द्रले सञ्चालन गर्दैआएको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानअन्तर्गत बैदेशिक रोजगारीमा गएर फर्किएका युवा जनशक्तिको जिल्ला भेला आयोजना गरी रिटर्नी सेन्टर नेपालमार्फत सङ्गठित गरिएको वाइसीएल नेपालका जिल्ला अध्यक्ष कैलास माबोले जानकारी दिनुभयो ।
बैदेशिक रोजगारीबाट फर्किएकाहरु सङ्गठित भएसँगै जिल्लामा अब स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश दिनेगरी सामुहिक उत्पादनलाई जोड दिने र विदेश पलायन हुने अवस्थालाई रोक्ने योजनाको पहिचान गरी कार्यान्वयनमा लैजाने पनि रिटर्नी सेन्टरले जनाएको छ ।