• २२ वैशाख २०८१, शनिबार

सर्वाधिक धनराशिको भलिबल प्रतियोगिता हुँदै

blog

फाइल तस्वीर

सलिम मिया

विजुवार, असोज २० गते । प्युठानको ठूलाबेशीमा जिल्लाकै हालसम्मको सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुनेभएको छ । आयोजक ठूलाबेसी सामुदायिक विकास मञ्च गौमुखीका अनुसार दसैँको अवसरमा कात्तिक २ गतेदेखि ४ गतेसम्म खुल्ला भलिबल तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो ।

प्रतियोगिता विजेताले १ लाख ३३ हजार ३३३, उपविजेताले १ लाख र तेस्रो हुनेले ६६ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार पाउने संस्थाका अध्यक्ष रवि चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो पुरस्कार राशि अहिलेसम्मकै सबैभन्दा ठुलो राशि हो । सो अवसरमा दुर्गमका विपन्न वर्गलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिने छ । कार्यक्रममा खुल्ला लोकनृत्य, म्युजिकल चियर, सोलोबाइक रेस र स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।