• २१ पुस २०८१, आइतबार

गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध : मन्त्री बस्नेत

blog

कांग्रेस मकवानपुरले हेटौँडामा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत । तस्बिरः राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, असोज २० गते ।
 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा रहेका विद्यमान समस्या समाधान गरी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

शनिबार कांग्रेस मकवानपुरले शनिबार हेटौँडामा आयोजना गरेको पार्टीका अगुवा कार्यकर्ताहरूको भेलामा बोल्नुहुँदै मन्त्री बस्नेतले सो कुरा बताउनुभएको हो ।

उहाँले स्वास्थ्य र शिक्षा निःशुल्क पाउने नागरिकको अधिकारी भए पनि कार्यान्वयनमा नरहेको भन्दै आफू मन्त्री भएपछि स्वास्थ्य क्षेत्रको दरबन्दी, उपकरण, भौतिक पूर्वाधारलगायतका समस्या समाधानमा लागेको बताउनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएको मन्त्री बस्नेतले आर्थिक अभावमा स्वास्थ्य उपचार नपाउने अवस्थाको अन्त्य गर्न सरकार लागेको बताउनुहुँदै सङ्घ मातहत रहेका र चार वटा प्रदेशअन्तर्गत रहेका अस्पतालहरूमा शय्या निःशुल्क गर्ने निर्णयसहित कार्यान्वयनमा आएको पनि जानकारी दिनुभयो ।

कार्यक्रम कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको अध्यक्षतामा भएको थियो ।