• २६ वैशाख २०८२, शुक्रबार

जितिया पर्वको शुभकामना

blog

काठमाडौँ, असोज २० गते । राष्ट्रपति रामचन्द्र पौडेलले हरेक जात, जाति, धर्म, संस्कृति तथा समुदायको सहअस्तित्व स्वीकार्दै आपसी सद्भावलाई थप मजबुत बनाउन सबैलाई अपिल गर्नुभएको छ ।

जितिया पर्वका अवसरमा शुक्रबार एक विज्ञप्ति जारी गर्दै उहाँले सबैमा सुख, शान्ति र समृद्धिको शुभकामना दिनुभएको छ । विज्ञप्तिमा विविधतायुक्त हाम्रो समाजमा आपसी सद्‍भावै विशिष्ट पहिचान रहेको उल्लेख गर्दै उहाँले प्रकृति पूजामा आधारित जितिया पर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याई आपसी सद्भाव र सहिष्णुता कायम गर्न सफलता मिलोस् भन्ने कामना गर्नुभएको छ ।

उहाँले सन्देशमा भन्नुभएको छ, “जितिया पर्वजस्ता मौलिक चाडपर्वको माध्यमबाट नेपाली समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै नेपालको विविधतालाई संरक्षण गरेको मैले महसुस गरेको छु ।”

यसैबिच उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि एक विज्ञप्ति जारी गर्दै जितिया पर्वको शुभकामना दिनुभएको छ । उहाँको सन्देशमा भनिएको छ, “तराई मधेशका आमाहरू २४ घण्टासम्म पानीसमेत नखाई निराहार उपवास बसी सन्तानको सुख, शान्ति, दीर्घजीवन र प्रगतिका लागि परापूर्वकालदेखि मनाउँदै आएको जितिया पर्व–२०८० को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु । 

धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यो पर्व तराई मधेशका भुँइमान्छे, मूल आदिवासी, रैथाने समुदाय जातजातिले आआफ्नो परम्परा, रीतिरिवाज र संस्कृति अनुसार एकीकृत भई संयुक्त र सामूहिक रूपमा बनाउनुले हाम्रो विविधतायुक्त संस्कृति र पहिचानलाई अक्षुण्ण राख्न सहयोग गर्ने उहाँको विश्वास रहेको छ ।