• १२ मंसिर २०८१, बुधबार

महिला उत्पीडनविरुद्ध सङ्घर्षरत इरानी महिला नर्गेसलाई नोबेल शान्ति पुरस्कार

blog

ओस्लो, असोज १९ गते । इरानमा महिलामाथिको दमनविरुद्ध लड्दै आएकी महिला अधिकारकर्मी नर्गेस मोहम्मादीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ । हाल उहाँ इरानको जेलमा हुनुहुन्छ ।

नर्वेली नोबेल कमिटीका अध्यक्ष बेरिट रेइस–एन्डर्सनले शुक्रबार उक्त पुरस्कारको घोषणा गर्नुभएको हो ।

पुरस्कारको रकम एक करोड १० लाख स्विडिस  क्रोनर (करिब १० लाख अमेरिकी डलर) रहेको छ । डिसेम्बरमा नोबेल पुरस्कार प्रदान गर्दा उहाँलाई १८ क्यारेटको स्वर्ण पदक र डिप्लोमा समेत प्रदान गरिने छ । राससएपी


यो पनि पढ्नुहोस

नोबेल शान्ति पुरस्कार घोषणा हुँदै, ३५० जनाबाट छानिने