तराईका महिलाहरुले मनाउने जितिया पर्व आज शुक्रबार धुमधामका साथ जितवाहन भगवानको पूजा आरधना गरेर मनाउदैँछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्ला बझाङ पुग्नुभएको छ । शुक्रबार नेपाली सेनाको हेलिकोप्टरबाट प्रधानमन्त्री बझाङ पुग्नुभएको हो ।
शैक्षिक सत्रबाट पठनपाठन सुरु भएको सामुदायिक मानसरोवर बहुमुखी क्याम्पसको स्नातकोत्तर (एमएड) मा अध्ययनरत विद्यार्थीहरुले जिल्लाबाट परीक्षा दिनएका छन् ।
प्रतिनिधिसभाका सांसदहरुले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि सरकारले सरोकारवालासँग पर्याप्त गृहकार्य नगरेको टिप्पणी गर्दै सो विधेयक शिक्षक वा विद्यार्थी कसलाई ध्यान दिएर ल्याएको भन्ने स्पष्ट हुनुपर्ने आग्रह गर्नुभएको छ ।
नेकपा (एमाले) का उपमहासचिव प्रदीकुमार ज्ञवालीले सामाजिक सद्भाव खलबल्याउने षड्यन्त्रविरुद्ध सचेत रहनुपर्ने बताउनुभएको छ ।
पूर्वी नवलपरासीमा रहेका सामुदायिक विद्यालयले विद्यालयलाई प्रविधिमैत्री बनाउन ‘झोलाविहीन शुक्रबार’ बनाउने नीति लिएका छन् । बालबालिकालाई अतिरिक्त क्रियाकलाप तथा जीवनउपयोगी ज्ञान र कलातर्फ आकर्षित हुनेगरी विद्यालयलाई क्रमशः ‘झोलाबिहीन शुक्रबार’ बनाउने नीति लिएको छ ।
चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा भारत बङ्गलादेशलाई हराउँदै फाइनलमा पुगेको छ ।
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक सङ्घीयता विरोधी रहेको बताउनुभएको छ ।
आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले विद्यालय शिक्षा विधेयक सरकारले फिर्ता लिनुपर्ने बताउनुभएको छ ।
सरकारले ल्याउन लागेको सङ्घीय निजामती ऐनमा आफूहरुलाई विभेद गरेको भन्दै अछामका स्थानीय तहमा कार्यरत कर्मचारीले अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् ।
ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)ले १९ औँ एसियाली खेलकुदको क्रममा चीनको होङजाउ पुगेका नेपालका पाँच खेलकर्मीलाई कदरपत्रसहित सम्मान गरेको छ ।
डा.रामनरेश पण्डितको नाम मधेस र विशेष गरी जनकपुरबासीका लागि नौलो होइन । स्त्री रोग तथा प्रसूतिका लागि पण्डित यस क्षेत्रमा पहिलो नम्बरको डाक्टरमा गनिनुहुन्छ ।
स्थानीय तहमा कार्यरत कर्मचारीहरुले छैटौँ दिन पनि विभिन्न माग राखी आन्दोलन गरेका छन् । शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा भेला भइ उनीहरुले आन्दोलन गरेका हुन् ।
पर्वतको कुश्मा नगरपालिकाको सामुदायिक विद्यालयमा अनुगमन नहुँदा पठनपाठनको गुणस्तर खस्किएको छ । विभिन्नखाले शैक्षिक बेथिति बढ्दो छ ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक एकता र सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ । शुक्रबार एक सन्देश जारी गर्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले सामाजिक एकता, जागरण र पहरेदारीका लागि अपील गर्नुभएको हो ।