• ८ वैशाख २०८२, सोमबार

बैंकिङ कसूरमा फरार रहेका एक पक्राउ

blog

काठमाडौं, असोज १९ गते ।

बैंकिङ कसूर मुद्दामा जरिवाना तोकिइ फरार रहेका तिर्थ किस्मत चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार निजको मुद्दामा उच्च अदालत पाटन, ललितपुरको मिति २०७९ साउन १७ गतेको फैसलाले बिगो १३ लाख ५० हजार रुपिया जाहेरवालालाई भराइ क्षतिपुर्ति शुल्क ५४ हजार रुपियाँ राहत कोषमा जम्मा गराइ चार दिन कैद हुने ठहर गरेको थियो ।

धरौटी रकम र कैदभन्दा बढी थुनामा बसेको दिन समेतबाट कट्टा गर्दा हुन आउने बाँकी जरिवाना ६ लाख ९८ हजार २०० रुपियाँ नतिरी फरार रहेका प्रतिवादी चौधरीलाई बालुवाटारबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत पाठाइएको प्रहरीले जनाएको छ ।