शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अर्जुन काफ्ले
स्याङ्जा, पुस ५ गते । जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । करिब ५० वर्षीया महिलामाथि जबरजस्ती करणी गरी फरार पुतलीबजार नगरपालिका–४ का २६ वर्षीय अजय परियारलाई प्रहरीले पक्राउ गरेको हो ।
परियारले महिलालाई गत बुधबार राति मादक पदार्थ सेवन गरी जबरजस्ती करणी गरी फरार भएको प्रहरीले जनाएको छ ।
प्रहरीले परियारलाई खोजतलासका क्रममा लुकिछिपी बसेको अवस्थामा फेदीखोला गाउँपालिका–२ बाट पक्राउ गरिएको प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिनुभयो । पक्राउ परेका परियारलाई जबरजस्ती करणी मुद्दामा आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।