• २ माघ २०८१, बुधबार

प्युठानमा साइबर सुरक्षासम्बन्धी राष्ट्रिय सम्मेलन हुने

blog

काठमाडौं, असोज १९ गते । सिलिकन रिसर्च एण्ड इनोभेसन सेन्टर काठमाडौं, राप्ती इन्जिनियिरिङ कलेज दाङ र प्युठान टेक्निकल कलेज प्रालिको आयोजनामा असोज २६ गते साइवर अपराध, साइवर सुरक्षा, सामाजिक प्रभाव, नीति र नागरिक जागरणका विषयक दिवसीय राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।

यो सम्मेलनमा साइबर सुरक्षा, साइबर सुरक्षासम्बन्धी समस्याको समाधान, साइबर अपराधले समाजमा पारेको प्रभाव, साइबर नीति र कानुनका साथै सामाजिक जागरणका आदिमा छलफल हुने भएको छ । 

यो सम्मेलनले स्थनीय तहको साइबर सुरक्षाको तयारी तथा सामाजिक जागरणका बारेमा रणनीति पनि तय गरिने भएको जानकारी कार्यक्रमका संयोजक डा. शैलेन्द्र गिरीले दिनुभयो । 

सम्मेलनमा साइबर सुरक्षा, साइबर अपराधको सामाजिक प्रभाव, नेपालमा साइबर नीति र कानुन, डिजिटल सामाजिक जागरण र स्थानीय तहमा डिजिटलाईजेसनका बारेमा विषय विज्ञहरूबाट छुटाछुट्टै पाँचवटा कार्यपत्र प्रस्तुत गरिनेछन् । 

सम्मेलनमा साइबर सुरक्षाका चुनौतीहरुसँग जुध्नका लागि रोकथामका उपाय, समस्या पहिचान, विश्लेषण गर्दै स्थानीय तहका एकअर्काको अनभुव आदान प्रदानलाई पनि विशेष जोड दिइने भएको छ ।

त्यसैगरी, सम्मेलनले साइबर सुरक्षालाई बलियो बनाउन संघ, प्रदेश र स्थानीय तहहरुको सहकार्य र समन्यलाई जोड दिएको छ । 

सम्मेलनले साइबर सुरक्षाका लागि भौतिक पूर्वाधार निर्माणमा जोड दिइनेछ भने साइबर सुरक्षामा आफूहरुको उपस्थितिलाई सशक्त बनाउने पनि पहल गर्ने भएको छ । 

संघ, प्रदेश र स्थानीय तहले साइबर नीति र कानुन बनाउनका लागि टेवा पुग्ने छ भने नेपालमा बढ्दै गएको साइबर चुनौतीलाई न्यूनीकरण गर्न र राष्ट्रिय सूचनाको सुरक्षा गर्ने विषयमा यो सम्मेलन कोशेढुंगा सावित हुने विश्वास गरिएको छ।