काठमाडौं, असोज १९ गते ।
इन्टरनेटको दुरुपयोग गरी गैरकानुनी रुपमा २४ करोड १५ लाख १७ हजार १३८ रुपियाँ बराबर रकमको कारोबार गर्ने झापाका ३० वर्षीय पिन्टु कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान आयोगका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार साहले अनलाईन गेमहरु खेल्न लगाइ अनलाइनबाटै युजर आईडी र पासवर्ड फाराम बुझाउन लगाइ बैंक खाताहरुमा रकम जम्मा गर्न लगाउने गरेको व्यहोरा बाहिर आएको छ ।
उनले अनलाइनबाट जुवा, सट्टाबाजी जस्त गेमहरु खेल्न लगाइ नेपाल राष्ट्र बैंकको नियम विपरीत सो कार्य गरेकोले पक्राउ गरी आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकुमा पठाइएको प्रहरीले जनाएको छ ।