अनिल पराजुली
हेटौँडा, असोज १९ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले जनताले न्याय पाउनेगरि आफ्नो पार्टीले काम गर्ने बताउनुभएको छ ।
पूर्वबाट सुरु भएको (मेची–महाकाली) समाजवादी जागरण अभियानको क्रममा बागमती प्रदेशको राजधानी हेटौँडाको सिमाचोकमा शुक्रवार भएको सभालाई सम्बोधन गर्दै उहाँले गरिब, विपन्न र न्यायको पक्षमा पार्टी सधैं अंग्रपत्तिमा रहेको बताउनु भयो । जनताका पीरमर्का, अन्याय अत्याचार, गरिवी, अभाव र बेरोजगारीका समस्याहरुलाई सम्बोधन गरेर जनताको जीवनलाई समृद्ध सुखी बनाउन सकिने तथा सुशासन, भ्रष्टाचार निवारण, ढिलासुस्तीलाई अन्त्य गरेमात्रै जनताले न्याय र समानताको महशुस गर्न सक्ने धारणा व्यक्त गर्नुभयो ।
किसान र कृषि क्षेत्रका समस्यालाई समाधानगर्दै कृषिमा आमूल परिर्वतन गर्नुपर्ने पार्टीको धारणा रहेको उहाँले जिकिर गर्नुभयो । हामीसँग जग्गा, जमिन र पानीको सुविधा, सीप प¥र्याप्त छ, उहाँले भन्नुभयो–“राज्यले पूँजीको व्यवस्था, प्राविधिक सहयोग र वजार व्यवस्थापन गर्न सके नेपाल कृषिमा आत्मनिर्भर हुनुका साथैं निर्यात गर्न सक्ने अवस्थामा देशलाई पु¥याउन सकिन्छ ।” हिमाल र नदिनालाको पानी विदेशमा बिक्री र बिजुली निकालेर आम्दानी गर्न सकिने जिकिर गर्दै उहाँले देश प्राकृतिक रुपमा धनी रहेको र पर्यटनबाट पनि लाभ लिन सकिने तर्क गर्नुभयो ।
जनतासँगको सम्बन्ध नङ्ग मासु जस्तै बनाउँन, उहाँहरुसँग जोड्नि र पार्टीलाई स्थापित गर्नका लागि अभियान लिएर आएको बताउँदै उहाँले जनहितका पक्षमा उभिएर पार्टी न्यायको पक्षमा रहने स्पष्ट पार्नुभयो । उहाँले सरकारमा रहेको बेला जनताको पक्षमा विविध काम गरेको स्मरण गर्दै जनता आवास कार्यक्रमको योजना, निर्माणाधिन काठमाडौंलाई तराईसँग जोड्ने फाष्टट्¥याकको शिलान्यास, निजगढमा अन्र्तराष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्छ भनेर आवाज उठाउने काम गरेको स्मरण गर्दै विकासको अभियान चलाएको बताउनुभयो ।
जनताको साथीको रुपमा पार्टी अगाडि बढेको छ, जनताको समस्या समाधान गर्न सकिन्छ, देशलाई राम्रो बाटोमा लान पार्टी सधैं तयार रहेको छ । समाजवादी जागरणको माध्यमबाट रोजगारी, सुशासन र समृद्धिको बाटोमा मुलुकलाई अघि बढाउन आफ्नो पार्टीले ‘मेची–महाकाली जागरण अभियान तथा संगठन विस्तार’ कार्यक्रम गरेको बताउनुभयो ।