• १३ असोज २०८१, आइतबार

दुर्घटनाको जोखिम घटाउने योजनामा ट्राफिक प्रहरी

blog

ट्राफिक प्रहरी र यातायात व्यवसायीवीच सवारी छलफल गरिंदै । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, असोज १९ गते । चाडपर्वमा सवारी दुर्घटनाको जोखिम कम गर्न ट्राफिक प्रहरी सक्रिय रहेको छ । त्यसकालागि आज यातायात व्यवसायीबीच अन्तरक्रिया गरेको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले यात्रुबाहक सवारी साधन, अटो व्यवसायीवीच दुर्घटनाको जोखिम कम हुनेखालका योजना लागुगर्ने सहमती भएको छ । 

सवारी साधनको प्राविधिक चेँकजाँच गर्ने, चालकको मापसे र लापसे चेँकजाँच गर्ने, तोकिएभन्दा धेरै यात्रु नराख्ने, यात्रु सहायता कक्ष सञ्चालन गर्ने विषयमा छलफल भएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिस भण्डारीले बताउनुभयो । 

बसपार्क नभएका स्थानमा चोकमा बस लाग्ने भएको हुँदा सडक व्यापारीको कारण दुर्घटनाको जोखिम हुन सक्ने यातायात व्यवसायीले गुनासो गरेका छन् । चाडपर्व सुरु भएपछि यात्रुको चाप बढ्ने हुँदा सवारी साधनको पहुँच बढाउने पश्चिमाञ्चल यातायात प्रालिका कर्मचारी रामु बेल्वासेले बताउनुभयो ।