प्रभु इन्स्योरेन्सका अध्यक्ष मल्ल, सांसद समेत रहनु भएा प्रभु ग्रुपका अध्यक्ष देवि प्रकाश भट्टचन एवं इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्यले २५ लाख रुपियाँकोे चेक संयुक्त रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गर्नुभयो ।
सहकारीले सर्वसाधारणका साना आवश्यकता पूरागरी जीविकोपार्जनमा ध्यान दिनुपर्ने सरोकारवालाले बताएका छन् । नागरिक सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको पाँचौ बार्षिक साधारण सभामा बोल्ने बक्ताले यस्तो बताएका हुन् ।
नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा उज्वेकिस्तानसँग ३–१ को सेटमा पराजित भएको छ ।
मधेश प्रदेशमा चाडपर्वलक्षित सुरक्षा योजनालाई प्रभावकारी बनाउने विषयमा सोमबार मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा बसेको प्रदेशस्तरीय सुरक्षा बैठक सम्पन्न भएको छ ।
असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोमा परेर सोमबारसम्म मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुगेका छन् ।
गरिमा क्यापिटल लिमिटेड र स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडबिच प्रत्याभूतिकर्ता नियुक्ति सम्बन्धी सम्झौता भएको छ ।
मोरङको उर्लाबारी–९ दुर्गापुरीमा आइतबार राति १२:३० बजे भीषण आगलागी भएको छ ।
नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले तल्लो कमिटी तथा पार्टीका कार्यकर्ता र समर्थक शुभेच्छुकबिचमा भ्रम नछर्न सोही पार्टीका पूर्व केन्द्रीय उपाध्यक्ष डा. भीमबहादुर रावललाई चेतावनी दिनु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच सोमबार भेटवार्ता भएको छ ।
दसैँका लागि दाङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले ६३ लाख बढी मूल्यको खसीबोका खरिद गरेको छ ।
नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्टार उषा भण्डारीलाई फेवा एजुकेसन एण्ड माइग्रेसनले आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
भारी वर्षाका कारण मेची राजमार्गस्गिथत इलामको माइखोला नजिक राजदुवाली खण्ड क्षतिग्रस्त भई सवारी आवतजावत बन्द भएपछि विराटनगर दुग्ध विकास आयोजनाका दुई वटा चिस्यान केन्द्रबाट एक सातादेखि दुध ढुवानी हुन सकेको छैन ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै निधन भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतकाे क्षमता विस्तार र खपत वृद्धिको लक्ष्य लिइएको ऊर्जा विकास कार्ययोजनाका विषयमा आज विभिन्न मन्त्री र उच्च अधिकारीसँग छलफल गर्नुभएको छ ।
धनगढी क्रिकेट एकेडेमी (डिसिए) का मात्र ६ जना खेलाडी नेपाल प्रिमियर लिग (एनपिएल) का लागि अनुबन्ध भएका छन् ।