कर्णाली प्रदेश निजामती ऐन, २०८० कार्यान्वयन भएको एक वर्षमै संशोधनको तयारी गरिएको छ । प्रदेश सभा सचिवालयमा ऐन संशोधनका लागि विधेयक दर्ता गरिएको छ ।
सल्यानका किसानले पालेका खसीबोकाको माग अन्य जिल्लामा बढ्दै गएको छ ।
दसैँतिहारमा मान्यजन र दाजुभाइबाट टीका थापेर आशीवार्दसँगै दक्षिणास्वरूप रुपियाँ दिने चलन रहेको छ ।
कैलालीका किसान धान भित्र्याउन व्यस्त भएका छन् । घरआँगनमा दसैँ आइपुगे पनि धान पाकेकाले किसानले धमाधम धान भित्र्याउन थालेका हुन् ।
बाजुरामा उत्पादन भएका स्याउ देशका विभिन्न सहरमा पुगेका छन् ।
ढकारी गाउँपालिका–६, गलवालकी ३० वर्षीय सरिता जैसीले बिहीबार स्वास्थ्य संस्था नपुग्दै बाटोमा छोरालाई जन्म दिनुभयो ।
जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर २०२४) को अवधिको हावापानी आकलन सार्वजनिक गरेको छ ।
विश्वमा खेलकुद अर्थतन्त्रका अब्बल आधार बन्दै छ । यो एकप्रकारले राम्रो उद्योगका रूपमा स्थापित भइसकेको छ ।
महिला हिंसाको घटनाले सबै पुरुष पीडक हुन् र पुरुष हिंसाको घटनाले सबै महिला पीडक हुन् भन्न सकिँदैन ।
कानुन निर्माणमा जनसहभागिता भनेको समस्या समाधान वा निर्णय गर्ने प्रक्रियामा व्यक्तिको संलग्नता हो । जुन कानुनले उनीहरूलाई प्रभावित पार्न सक्छ ।
अर्थतन्त्रको सरोकारवालादेखि अर्थतन्त्रसँग चासो राख्ने सबैले आर्थिक विकासको मुद्दालाई जोडतोडका साथ उठाउँदै आएका छन् । राजनीतिक दलका नेताले पनि धेरै वटा क्रान्तिपछि अब आर्थिक क्रान्तिको पालो भन्ने गरेका छन् ।
गीतकार टङ्कबहादुर भट्टराईको ‘दिलमायाको चिया दोकान’ गीत आइतबार सार्वजनिक गरिएको छ ।
कवि तथा गीतकार एस्पी कोइरालाको ‘कता छ स्वर्ग ?’ बोलको राष्ट्रिय गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रहेको हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा दुईवटा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ ।
गायिका रोजी डङ्गोल श्रेष्ठको ‘मतिनाया सर्गतय्’ गीतको भिडियो सार्वजनिक गरिएको छ ।