जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर २०२४) को अवधिको हावापानी आकलन सार्वजनिक गरेको छ ।
विश्वमा खेलकुद अर्थतन्त्रका अब्बल आधार बन्दै छ । यो एकप्रकारले राम्रो उद्योगका रूपमा स्थापित भइसकेको छ ।
महिला हिंसाको घटनाले सबै पुरुष पीडक हुन् र पुरुष हिंसाको घटनाले सबै महिला पीडक हुन् भन्न सकिँदैन ।
कानुन निर्माणमा जनसहभागिता भनेको समस्या समाधान वा निर्णय गर्ने प्रक्रियामा व्यक्तिको संलग्नता हो । जुन कानुनले उनीहरूलाई प्रभावित पार्न सक्छ ।
अर्थतन्त्रको सरोकारवालादेखि अर्थतन्त्रसँग चासो राख्ने सबैले आर्थिक विकासको मुद्दालाई जोडतोडका साथ उठाउँदै आएका छन् । राजनीतिक दलका नेताले पनि धेरै वटा क्रान्तिपछि अब आर्थिक क्रान्तिको पालो भन्ने गरेका छन् ।
गीतकार टङ्कबहादुर भट्टराईको ‘दिलमायाको चिया दोकान’ गीत आइतबार सार्वजनिक गरिएको छ ।
कवि तथा गीतकार एस्पी कोइरालाको ‘कता छ स्वर्ग ?’ बोलको राष्ट्रिय गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रहेको हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा दुईवटा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ ।
गायिका रोजी डङ्गोल श्रेष्ठको ‘मतिनाया सर्गतय्’ गीतको भिडियो सार्वजनिक गरिएको छ ।
कञ्चनपुरमा थारू समुदाय बाहुल्य बस्तीमा सखिया नाचको रौनक छाएको छ । यहाँ थारू समुदायका युवकयुवती रातको समयमा बडघरमा जम्मा भएर नाचमा रमाउने गरेका छन् ।
नेपालगन्जस्थित एकीकृत भन्सार जाँच चौकी (आइसिपी) ले भारतबाट आउने र जाने मालवाहक गाडीको प्रवेश, तौल र पार्किङ गर्दा चर्को शुल्क असुली गरिरहेको गुनासो गर्दै स्थानीय उद्योगी व्यवसायीले शुल्क घटाउन माग गरेका छन् ।
भोलि बिहानदेखि मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पथान्तरण गरिने भएको छ । मेलम्चीका सङ्घर्ष समिति र खानेपानीमन्त्री प्रदीप यादवबीच आज भएको वार्तामा काठमाडौँमा मेलम्चीको पानी पठाउने सहमति भएको हो ।
अविरल बर्सातको बाढीले लार्चाको बेलिब्रिज र लिपिङको पक्की पुल बगाएपछि लार्चामा फड्के र तुइन हालेर आउजाउ खुलाइएको छ ।
आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
गत साताको बाढीपहिरोबाट काभ्रेपलाञ्चोक जिल्लामा करिब ४३ करोड रुपियाँ बराबरको खाद्यान्न तथा तरकारी बालीमा क्षति पुगेको छ ।